काठमाडौँ, जेठ २८ – स्थानीय तह निर्वाचनका क्रममा मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने उद्देश्यले सरकारी कामकाजको नेपाली भाषाका अतिरिक्त अन्य राष्ट्र भाषामा समेत मतदाता शिक्षा सामग्री उत्पादन गरी व्यापक रुपमा प्रचारप्रसार भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
संविधानसभाबाट जारी नेपालको संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा मानेको जनाउँदै आयोगले सबै भाषिक समुदायप्रति सम्मान व्यक्त गर्दै सबै भाषाप्रति संवेदनशील रहेको जनाएको छ ।
सोही क्रममा मैथिली भाषामा तयार गरिएको मतदाता शिक्षा सामग्रीमा प्रयोग गरिएको ‘जनानी’ भन्ने शब्दले मैथिली समुदायका महिलाको अपमान भएको भन्ने गुनासोप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।
सम्बन्धित समुदायका मतदातालाई आफ्नै मातृभाषामा मतदाता शिक्षा दिने असल मनसायका साथ विभिन्न राष्ट्रभाषामा मतदाता शिक्षा सामग्री उत्पादन, प्रकाशन र प्रसारण गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सबै नेपालीलाई आआफ्नो मातृभाषामा मतदाता शिक्षा दिई आम जनतासमक्ष मतदाता शिक्षाको पहुँच बढाउने उद्देश्यले विभिन्न भाषामा आधिकारिक निकायबाट अनुवाद हुँदा भाषिक समुदायको मर्यादामा आँच पुग्न गएको खण्डमा भाषालाई मर्यादानुकूल गराउन आम मतदाता र भाषिक समुदायसमक्ष हार्दिक अनुरोध गर्दछ ।
नुवाकोट – स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीना..
प्रेम सुनार गुल्मी, जेठ २८– गुल्मी जिल्लाका २ नगरपालिका सहित १२ वटा स्थानीय तह रहे पनि गाउँपालिका प्रमुखको महि..
भूमिराज जोशी डोटी, जेठ २८– डोटी शिखर नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेद्वार बनेका स्थानीय राजप्रसाद..
अजयकुमार साह महेन्द्रनगर (धनुषा), जेठ २८ – स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा धनुषाका नगरपालिकामा मुख्य..
इटहरी, २८ जेठ । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुख..
बाँके, २८ जेठ । नेपाली काँग्रेस बाँके जिल्ला शाखाले स्थानीय तहको निर्वाचनका लागि सबै उम्मेदवारको टुङ्गो लगाएको..
बैतडी, २८ जेठ । दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनबाट बैतडीमा ४६४ जना जनप्रतिनिधि निर्वाचित ..
काठमाडौं, जेठ २८ – अभिनेता श्याम कुमार मिश्र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कृष्णनगर नगरपालिकाकोे मेयर पदक..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..