दोलखा, जेठ २८ – दोलखा जिरी नगरपालिकाका प्रमुख टङ्क जिरेलले जिरीको पर्यटन विकासका लागि केबुलकारदेखि नगर बससम्म सञ्चालन गर्ने योजना रहेको बताएको छ ।
उहाँले जिरीलाई विश्व सामु चिनाउन बौद्ध धर्मावलम्बीको कुसुम निर्माण गर्ने र विश्वभरका बौद्ध धर्मावलम्बीलाई जिरी ल्याउने लक्ष्य आफूले लिएको पनि बताए ।
जिरीको पर्यटन विकासका लागि अव जिरी नगरपालिकाको विभिन्न तीन ठाउँमा बौद्ध धर्मावलम्बीको कुसुम अर्थात तीन वटा भगवानको मूर्ति निर्माण गरेपछि वडा नं– ३ पटासेमा १२० फिट अग्लो गुरु रिन्पोछेको मूर्ति निर्माण गरिने र त्यहाँ पुग्नका लागि जिरी बजारबाट केबुलकार सञ्चालनमा ल्याउने योजना नगरपालिकाकाको रहेको प्रमुख जिरेलले बताए।
पर्यटन विकासका लागि एक सय २० फिट अग्लो गुरु रिन्पोछेको मूर्ति निर्माण गर्ने चर्चा चलेको वर्षौँ वितिसकेको छ तर अहिलेसम्म त्यहाँको माटो परीक्षणसमेत हुनसकेको छैन । मनसुनको अन्त्य भएसँगै विशेषज्ञ प्राविधिकबाट त्यहाँको माटो परीक्षण गराउने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।
शाक्यमुनी बुद्धको मूर्ति जिरी नगरपालिका– ६ बुलडाँडामा निर्माण सम्पन्न भइसकेको छ भने कुसुममध्येको अर्को चेनरेजिक अर्थात लोकी शोरया भगवानको मूर्ति खावाडाँडामा निर्माण गर्ने लक्ष्य रहेको प्रमुख जिरेलले बताए ।
यसरी तीन वटा अग्लो डाँडामा यी काम सम्पन्न गर्न सकिए साँच्चिकै पर्यटन विकासले ठूलो फड्को मार्न सकिन्छ, उनले भने– ‘यसपछि जिरीको ध्यान विश्व समुदायमा केन्द्रीत हुने र संसारभरका बुद्धमार्गी जिरी आउने विश्वास छ ।’
जिरीमा लामो समयदेखि नियमित यात्रुबाहक बस सञ्चालनमा छन् । तर जिरी बजारबाहेक गाउँ/गाउँमा भरपर्दो र पक्की सडक नहुँदा हिउँदमा धुलम्य र वर्षामा हिलम्य हुनेगरेको छ । जसका कारण सडक भएर पनि नगरवासी पैदाल हिँड्न बाध्य छन् ।
तर अव नगरपालिकाको विभिन्न ठाउँबाट नगर बस सञ्चालमा ल्याएर नगरवासीको दुःख र पीडालाई सम्बोधन गर्ने दावी प्रमुख जिरेलको छ । नगर बस सञ्चालनमा ल्याउन सकियो भने नगरवासीको लागि मात्रै नभई सिङ्गो नगरको पर्यटन विकासमा टेवा पुग्छ, उनले भने । रासस
इलाम, जेठ २८ – पर्यटकीय क्षेत्र इलाममा यो वर्ष ६४ हजार पर्यटक भित्रिएका छन् । पर्यटन सूचना केन्द्रका अनुसार गए..
काँकडभिट्टा, २७ जेठ – पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउन उत्तरपूर्वी भारतका पर्यटन व्यवसाय..
तेह्रथुम, २३ जेठ । बर्सेनि ठूला लगानीका होटल खुल्ने लहर चलेको छ । पर्यटकलाई लक्षित गरी जिल्लाका विभिन्न बजारमा..
म्याग्दी, २३ जेठ – म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको ‘लभ्ली हिल’ लाई आन्तरिक तथा बाह्य पर्यटकको र..
म्याग्दी, २२ जेठ – निलगिरि हिमालको काखमा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र खयरबराह..
पोखरा, २२ जेठ – नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) पोखराले पोखरा उपत्यका नगर विकास समितिका नवनियुक्त अध्यक..
पर्वत, २० जेठ – फलेवास नगरपालिका–१ कार्कीनेटाको रातामाटादेखि कार्कीनेटा बजारसम्मको पदमार्ग निर्माण सुरु ..
काठमाडौं, १९ जेठ । नेपाल क्यानोनिङ एसोसिएसनले नुवाकोटको भुलभुले झरनामा तेस्रो क्यानोनिङ (छाँगावरोहण) महोत्सव ग..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..