इटहरी, २८ जेठ । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
नेपाली काँग्रेस– ३ नम्बर क्षेत्रीय समितिले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी काँग्रेसबाट दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुखसहित १२ वटै वडाका अध्यक्षको उम्मेदवारी घोषणासहित नामावली सार्वजनिक गरेको हो ।
दुहवी नगरपालिकाका प्रमुखमा गौरीशङ्कर रौनियार तथा उपप्रमुखमा कल्पना कार्कीलाई पार्टीले उम्मेदवार बनाएको क्षेत्रीय समितिका सचिव ओम थापाले जानकारी दिए ।
यसैगरी काँग्रेसबाट दुहवी नगरपालिकाका वडा नं। १ देखि १२ सम्मका वडा अध्यक्षका उम्मेदवारमा क्रमशः मोहम्मद जलिल रैन, अरविन्दकुमार विश्वास, माधव चौधरी, मोहम्मद मुस्तकिम मियाँ, श्याम दाहाल, अभिराम मण्डल, श्रीप्रसाद चौधरी, तारिकचन्द सरदार, मेहदी हुसैन, तुलाराम माझी, अशोककुमार माझी र भुनेश्वरप्रसाद मण्डल रहेका छन् ।
साविक दुहवी, सोनापुर, भलुवा, पूर्वकुशाह र सिमरियालगायतका गाविस समावेश भई बनेको दुहवी नगरपालिकाको १२ वटा वडामा ३० हजार ३५६ जना मतदाता रहेको काँग्रेस नेता दीपक राईले जानकारी दिए ।
सो अवसरमा काँग्रेस नेता हाँजी मोहम्मद अब्दुल मियाँ र पार्टीका नगर सचिव हरि प्रधानले पार्टी उम्मेदवारलाई विजयी गराउनु सबै कार्यकर्ताको साझा दायित्व भएको बताए ।
नगर प्रमुखका उम्मेदवार गौरीशङ्कर रौनियारले दुहवीमा नेपाली काँग्रेसको जितसँगै विकास निर्माण र यहाँका आवश्यकता बमोजिम महत्वपूर्ण कार्य सम्पादनमा अग्रगति लिइने प्रतिबद्धता व्यक्त गरे ।
काँग्रेसका दुहवी नगरसभापति गुलावी मियाँको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।
त्यसैगरी नेकपा ९माआवादी केन्द्र०ले पनि दुहवी नगरपालिकाको प्रमुखमा अर्थलाल चौधरी र उपप्रमुखमा रोजिना विक खातुनको नाम घोषणा गरेको छ । यसैगरी सो पार्टीले पनि सबै वडाका वडा अध्यक्षसहित अन्य उम्मेदवारको नाम सार्वजनिक गरेको जनाएको छ । रासस
नुवाकोट – स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीना..
प्रेम सुनार गुल्मी, जेठ २८– गुल्मी जिल्लाका २ नगरपालिका सहित १२ वटा स्थानीय तह रहे पनि गाउँपालिका प्रमुखको महि..
भूमिराज जोशी डोटी, जेठ २८– डोटी शिखर नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेद्वार बनेका स्थानीय राजप्रसाद..
काठमाडौँ, जेठ २८ – स्थानीय तह निर्वाचनका क्रममा मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने उद्देश्यले सरकारी का..
अजयकुमार साह महेन्द्रनगर (धनुषा), जेठ २८ – स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा धनुषाका नगरपालिकामा मुख्य..
बाँके, २८ जेठ । नेपाली काँग्रेस बाँके जिल्ला शाखाले स्थानीय तहको निर्वाचनका लागि सबै उम्मेदवारको टुङ्गो लगाएको..
बैतडी, २८ जेठ । दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनबाट बैतडीमा ४६४ जना जनप्रतिनिधि निर्वाचित ..
काठमाडौं, जेठ २८ – अभिनेता श्याम कुमार मिश्र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कृष्णनगर नगरपालिकाकोे मेयर पदक..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..