काठमाडौं, जेठ २८– एनसेलले ग्रामिण क्षेत्रमा विद्युत, दूरसञ्चार र पानीको उपलब्धता सुनिश्चित गर्दै समुदायमा नयाँ अवसरहरु सृजना गर्ने उद्देश्य लिई संचालन गरेका दुई परियोजनाहरु जिएसएम एसोशियसन (जिएसएमए) को प्रतिष्ठित एसिया मोबाइल अवार्डस् २०१७ को अन्तिम सूचीमा छनौट भएका छन् ।
जिएसएमए विश्वभरका जिएसएम मोवाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन हो र एसिया मोबाइल अवार्डस्मा एशियाली महादेशका सेवा प्रदायकले संचालन गरेका नवीन प्रविधि तथा उदाहरणीय सामाजिक परियोजनाहरु मध्येबाट उत्कृष्ट ठहर भएका प्रयासहरुलाई सम्मान गरिन्छ ।
हालै मात्र जिएसएमएले एसिया मोबाइल अवार्डस् २०१७ को अन्तिम सूचीमा छनौट भएका प्रयास तथा तिनका संचालक कम्पनीको नाम सार्वजनिक गरेको छ, जसका अनुसार एनसेलका २ वटा प्रोजेक्टहरु जिएसएमएको ‘सामाजिक तथा आर्थिक विकास’ विधा अन्र्तगतका दुई फरक अवार्डका लागि अन्तिम सूचीमा परेका छन् । यहि असार १४ गते चीनको संघाईमा हुन गईरहेको एसियन मोबाइल अवार्डस् २०१७ को विशेष कार्यक्रममा विजेता घोषणा गरी अवार्ड प्रदान गरिने जिएसएमएले जनाएको छ ।
राष्ट्रिय विद्युत प्रशारण लाइन नपुगेका खोटाङ्ग र उदयपुर जिल्लाका ग्रामिण समुदायहरुमा सौर्य लघुग्रिडलाई प्रबद्र्धन गर्दै स्थानियवासीलाई उर्जा र मोवाइल सेवा सुनिश्चित गर्न एनसेलले घामपावर नेपाल प्रा.लिसँग मिलेर गरेको प्रयास जिएसएमएको ‘बेस्ट मोबाइल इनोभेसन फर इमर्जिङ्ग मार्केट्स’ अवार्डका लागि मनोनित भएको छ । यो प्रयास अन्र्तगत, एनसेलले घाम पावर नेपालसँगको सहकार्यमा ३ वटा सौर्य लघुग्रिडहरुको आर्थिक संभाव्यता सुनिश्चित गर्दै उत्पादित सौर्य उर्जामा समुदायको पहुँचलाई संयुक्तरुपमा प्रवर्धन गरिरहेको छ, जसलेउक्त समुदायहरुमा नयाँ आर्थिक तथा सामाजिक लाभका अवसरहरुको सिर्जना गर्न मद्दत पुर्याएको छ ।
यसैगरी¸एनसेलले आफ्नो व्यावसायिक सामाजिक दायित्व अन्तर्गत संचालन गरेको वाटर फर एग्रिकल्चर लाइभलिहुड परियोजना ‘आउटस्ट्यान्डिङ्ग मोबाइल कन्ट्रिब्युसन टु युएन एसडिजिज् इन एसिया’ अवार्डका लागि अन्तिम सूचीमा परेकोछ । यस सामाजिक पहलमा एनसेलले स्याङ्जा जिल्लाका ३ गाउँहरु इलादी, दिप्का र ठुलादीमा स्वच्छ प्रविधिमार्फत खानेपानी तथा सिंचाइको सुविधामा पहुँच पु¥याई कृषी उत्पादकत्व बढाउन तथा व्यावसायीक खेती मार्फत आय आर्जन गर्न, सरसफाई तथा पोषणमा सुधार ल्याउन योगदान पुर्याएको छ । परियोजनामा प्रयोग भएको स्मार्ट मिटरले समुदायलाई घरेलु तथा सिंचाईका लागि पानीको व्यवस्थापन गर्न मद्दत पु¥याएको छ ।
‘‘एसियन मोबाइल अवार्डस् २०१७ का लागि मनोनित भएका सबैलाई हार्दिक बधाई दिन चाहन्छौ,’’ जिएसएमएका प्रमुख बजार अधिकृत माइकल ओहारा ले भने । “यो अवार्डस्ले एसियाका मोबाइल उद्योगमा रहेका अग्रणी प्रविधिहरु, वस्तुहरु, सेवाहरु, कम्पनीहरु र व्यक्तित्वहरुलाई सम्मान गर्दछ ।”
एसियन मोबाइल अवार्डस्का लागि ५ वटा विधा अन्तर्गत १२ वटा अवार्डका लागि ११५ मनोनयनमा परेका छन् । पाँच विधा अन्र्तगत ‘बेस्ट मोबाइल एप्स’, ‘बेस्ट मोबाइल डिभाइस’, ‘बेस्ट टेक्नोलोजी इनोभेसन’, र ‘आउटस्ट्यान्डिङ्ग एचिभमेन्ट’ पुरानै विधा हो भने ‘सामाजिक तथा आर्थिक विकास’ नयाँ विधा हो । एसिया मोवाइल अवार्डस्का लागि विश्वका ५० भन्दा बढि स्वतन्त्र विज्ञ, विश्लेषक, पत्रकार, शिक्षक तथा कुनै विशेष परिस्थितिमा आवश्यक भए मोबाइल कम्पनीका प्रतिनिधि समेत संलग्न रहेको निर्णायक मण्डलले मनोनयनमा परेका पहलहरुलाई मुल्याङकन गरी विजेता घोषणा गर्ने गरिन्छ ।
काठमाडौं, जेठ २८ – ग्लोबल आइएमई बैंकले यु.ए.ई एक्सचेन्जसंगको सहकार्यमा युएई एक्सचेन्जबाट नेपालमा पैसा पठाउन सह..
काठमाडौं, जेठ २८ – मुक्तिनाथ बिकास बैक लिमिटेडले यहि जेठ २७ गते शनिबारका दिन मकवानपुरको मनहरी गाउँपालिका वडा न..
काठमाडौं, जेठ २८ – सेञ्चुरी कमर्सियल बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकको एकीकृत कारोबा..
काठमाडौं, जेठ २८ – सिप्रदी ट्रेडिङ्ग प्रा.लि. टाटा मोटर्सको विश्वकै सर्वोकृष्ट डिष्ट्रिव्युटर अवार्ड २०१६ बाट ..
काठमाडौ – इटालीयन प्रविधि जडीत विश्वप्रसिद्ध भारतीय आल्दा कम्पनिद्धारा उत्पादित अत्याधुनिक चिम्नी र चुलो..
सुर्खेत, जेठ २८– देशका ठूला शहरमा मात्र केन्द्रित रहेको अनलाईन शपि∙ अब सुर्खेतमा आईपुगेको छ । सोचेको डट कमले उ..
काठमाडौं, जेठ २७– रियल स्कूलअफ नेपाल २०१७ अन्तर्गत तेस्रो क्षेत्रीय फाइनल पश्चिमाञ्चलको पोखरामा सम्पन्न भएको छ..
काठमाडौं, जेठ २७– सीपीभीसी पाईप तथा फिटिङ्गस उत्पादन गर्दै आएको पञ्चकन्या गु्रपले भारतीय मानक ब्यूरोले प्रदान ..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..