घर भत्किँदा छ लाख बढीको क्षति

२८ जेठ  |   रासस

घर भत्किँदा छ लाख बढीको क्षति

पर्वत – पर्वत जिल्लाको महाशिला गाउँपालिका–४ मा वर्षाका कारण घर भत्किँदा एक परिवार विस्थापित बनेको छ ।

साविकको पाखापानी गाविस–५ खानीडाँडाका प्रेमबहादुर क्षेत्रीको तीनतले घर गएराति भत्किएको हो । विनाशकारी भूकम्पका कारण आंशिक क्षति पुगेको उक्त घर शुक्रबार साँझ आएको वर्षाका कारण पूर्णरुपमा भत्किएर क्षति पुगेको वडा सचिव झलक शर्मा पौडेलले जानकारी दिए ।

घर भत्किँदा रु छ लाखभन्दा बढीको क्षति पुगेको छ । घर भत्किएपछि क्षेत्रीको चारजनाको परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसेको सचिव पौडेलले जानकारी दिए ।

भूकम्पकै कारण भएको क्षतिले घर भत्किएकाले क्षतिपूर्ति उपलब्ध गराउन पीडित क्षेत्रीले माग गर्नुभएको छ । आर्थिक अवस्था कमजोर भएको क्षेत्री परिवार घर भत्केपछि खुल्ला आकासमुनि बस्नु परेको भन्दै चिन्तित बनेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल