इलाम – “सिकाए पनि अल्मलिने मतपत्र रहेछ यसपटक । यति लामो मतपत्रमा दर्जनौँ चुनाव चिह्न देखेर म १० मिनेट अल्मलिएँ”, देउमाई नगरपालिकास्थित धुसेनीकी रमा तिम्सिनाले भने – “यस्तै हो भने मेरो बुबाआमा त झुक्किनुहुन्छ । यसपटक धेरै मत खेर जालाजस्तो छ ।”
शुक्रबार देउमाई नगरपालिकाको मङ्गलबारे बजारमा जिल्ला निर्वाचन कार्यालय, इलामको आयोजना तथा देउमाई नगरपालिका कार्यालयको संयोजनमा सञ्चालित नमुना मतदान कार्यक्रममा नमुना मतदानमा भाग लिएपछि रमाले भने – “मजस्तो पढेलेखेको मान्छे त मतपत्र पढेर मतदान गरुँला, तर अल्मलिने यस्तो मतपत्रमा वृद्धवृद्धाले कसरी भोट हालेर आउनुहोला र खै ?”
तिम्सिना जस्तै नमुना मतदानमा भाग लिने धेरै मतदाताले मत हाल्ने तरिका थाहा नपाउँदा अल्मलिएका थिए । निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचनका लागि मतदाता शिक्षा दिइरहेको छ, तर सबै गाउँ–ठाउँमा मतदान गर्ने तरिका सिकाउन नसक्दा धेरै मतदाता अलमलमा परेका हुन् ।
निर्वाचन आयोगले मतदान गर्न सामाजिक सञ्जालसमेत उपयोग गरेको छ । युट्युबमा कतिजनालाई कसरी मतदान गर्ने भन्ने श्रव्यदृश्य नै राखेको छ ।
बीस वर्षअघिको मतपत्रमा पनि स्थानीय निर्वाचनमा सातैजनालाई मतदान गर्नुपर्दा उम्मेदवारको सङ्ख्या कम, मतपत्र सानो र चुनाव चिह्न ठूला थिए । “नपढेका मतदाता र व्यक्ति छानेर भोट हाल्नुपर्नेका लागि केही समय लाग्छ । धेरै चुनाव चिह्न भएको दुई कोलमको र ठूलो भएकाले यसपटकको मतपत्र अप्ठ्यारै रहेको छ,” जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख प्रेमकुमार काफ्लेले बताए ।
जति बुझाउन खोजेपनि मतदाता झस्किने गरेको उहाँको भनाइ छ । मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नका लागि निर्वाचन कार्यालयले सबै मतदान केन्द्रमा कर्मचारी खटिरहेका उनले बताए । कर्मचारीले मात्र भोट हाल्ने तरिकाको बारेमा बुझाउन नसकिरहेको अवस्थामा राजनीतिक दलहरूले पनि मतदातालाई मतदान गर्ने तरिकाका बारेमा बुझाउन आग्रह गरे ।
मङ्गलबारेमा गरिएको नमुना मतदानको कार्यक्रममा १५० जनाभन्दा बढीको सहभागिता थियो । तर नमुना मतदानमा भने ५० जनाले भाग लिएका थिए ।
नमुना मतदान कार्यक्रममा निर्वाचन कार्यालयले स्थानीय मतदातासँग बसेर भोट कसरी हाल्ने, भोट हालेपछि मतपत्र कसरी पट्याउनेलगायतका विषयमा जानकारी गराएको थियो ।
पहिलो चरणमा भएको निर्वाचनमा अत्यधिक मत बदर भएपछि दोस्रो चरणको निर्वाचनका क्रममा इलाममा त्यो अवस्था नदोहोरियोस् भन्ने उद्देश्यले निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेको र ठाउँ–ठाउँमा नमुना मतदान कार्यक्रम गरिरहेको निर्वाचन कार्यालय प्रमुख काफ्ले बताउँछन् ।
उहाँका अनुसार यसअघि इलाम नगरपालिकाको बरबोटे र गोलाखर्क भञ्ज्याङ र गोदकमा नमुना मतदान गरिसकिएको छ । आगामी बिहीबार इलाम चोकबजारमा नमुना मतदान कार्यक्रमको आयोजना गरिएको छ ।
नुवाकोट – स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीना..
प्रेम सुनार गुल्मी, जेठ २८– गुल्मी जिल्लाका २ नगरपालिका सहित १२ वटा स्थानीय तह रहे पनि गाउँपालिका प्रमुखको महि..
भूमिराज जोशी डोटी, जेठ २८– डोटी शिखर नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेद्वार बनेका स्थानीय राजप्रसाद..
काठमाडौँ, जेठ २८ – स्थानीय तह निर्वाचनका क्रममा मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने उद्देश्यले सरकारी का..
अजयकुमार साह महेन्द्रनगर (धनुषा), जेठ २८ – स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा धनुषाका नगरपालिकामा मुख्य..
इटहरी, २८ जेठ । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुख..
बाँके, २८ जेठ । नेपाली काँग्रेस बाँके जिल्ला शाखाले स्थानीय तहको निर्वाचनका लागि सबै उम्मेदवारको टुङ्गो लगाएको..
बैतडी, २८ जेठ । दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनबाट बैतडीमा ४६४ जना जनप्रतिनिधि निर्वाचित ..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..