बैतडी – स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि राप्रपाले बैतडीका १० वटै स्थानीय तहमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।
दशरथचन्द नगरपालिका प्रमुखमा पुष्करराज जोशी लख्खा भाइ, उपप्रमुखमा अम्बिका भण्डारी, पाटन नगरपालिका प्रमुखमा रणबहादुर विष्ट, उपप्रमुखमा रमा भण्डारी, पुर्चौडी नगरपालिका प्रमुखमा बृजलाल पन्त, उपप्रमुखमा पूर्णिमा बम तथा मेलौली नगरपालिका प्रमुखमा सुरेन्द्रबहादुर चन्द र उपप्रमुखमा चन्द्रकला साउदको नाम टुङ्गो लगाएको राप्रपाका जिल्ला अध्यक्ष प्रेम चन्दले जानकारी दिए ।
यस्तै, शिवनाथ गाउँपालिका अध्यक्षमा रामसिंह साउद, उपाध्यक्षमा सुन्दरी महता, सिगास गाउँपालिकामा अध्यक्षमा रामसिंह साउद, उपाध्यक्षमा राजमति धामीको नाम टुङ्गो लगाएको छ ।
दोगडाकेदार गाउँपालिकामा अध्यक्षमा इन्द्रदेव शरण भट्ट, पञ्चेश्वर गाउँपालिका अध्यक्षमा वीरेन्द्रबहादुर चन्द, सुर्नया गाउँपालिका अध्यक्षमा देवबहादुर चन्द, डिलासैनी अध्यक्षमा देवदत्त नाथको नाम टुङ्गो लगाएको छ भने उपाध्यक्षको नाम टुङ्गो लगाउन बाँकी रहेको छ ।
बाँकी रहेका उपाध्यक्षको नाम र जिल्लामा रहेका ८४ वटै वडामध्ये केही वडामा चुनावी प्रचारप्रसारसँगै उम्मेदवारको टुङ्गो लगाउने काम भइरहेको राप्रपा बैतडीले जनाएको छ ।
उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेका स्थानमा छलफल चलिरहेकाले केही दिनमै टुङ्गो लाग्ने राप्रपाका जिल्ला अध्यक्ष चन्दले बताए ।
मुख्य दल नेपाली काँगे्रसले जिल्लामा उम्मेदवार टुङ्गो लगाउन नसक्दा केन्द्रमा पठाएको छ भने नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नयाँ शक्ति नेपालले उम्मेदवारको टुङ्गो लगाइसकेका छन् ।
उम्मेदवार घोषणासँगै बैतडीका राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै बैतडीमा पनि चुनावी माहोल तात्दै गएको
छ ।
नुवाकोट – स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीना..
प्रेम सुनार गुल्मी, जेठ २८– गुल्मी जिल्लाका २ नगरपालिका सहित १२ वटा स्थानीय तह रहे पनि गाउँपालिका प्रमुखको महि..
भूमिराज जोशी डोटी, जेठ २८– डोटी शिखर नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेद्वार बनेका स्थानीय राजप्रसाद..
काठमाडौँ, जेठ २८ – स्थानीय तह निर्वाचनका क्रममा मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने उद्देश्यले सरकारी का..
अजयकुमार साह महेन्द्रनगर (धनुषा), जेठ २८ – स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा धनुषाका नगरपालिकामा मुख्य..
इटहरी, २८ जेठ । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुख..
बाँके, २८ जेठ । नेपाली काँग्रेस बाँके जिल्ला शाखाले स्थानीय तहको निर्वाचनका लागि सबै उम्मेदवारको टुङ्गो लगाएको..
बैतडी, २८ जेठ । दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनबाट बैतडीमा ४६४ जना जनप्रतिनिधि निर्वाचित ..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..