कबड्डी खो–खो एकेडमीद्धारा रक्तदान

कबड्डी खो–खो एकेडमीद्धारा रक्तदान

-अमरेन्द्र यादव

जनकपुरधाम, जेठ २८ – ‘रक्तदान जीवनदान रक्तदान महादान’ नाराका साथ धनुषा कबड्डी खो–खो एकेडेमीले शनिवार रक्तादान गरेको छ ।

धनुषा कवड्डी खोखो एकेडेमी महेन्द्रनगरले बार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाईटी धनुषाको सहजीकरणमा भएको सो कार्यक्रममा क्लवका प्रतिनिधि, नेपाल प्रहरी, नेपाली सेना तथा स्थानियहरुले रक्तदान गरेका थिए ।कार्यक्रममा क्लवका अध्यक्ष केवल राउत, सदस्यहरु कृष्णा यादव, सुरेश पोखरेल, राम नारायण साह लगायत नेपाल प्रहरी र गोरखनाथ गण महेन्द्रनगरका नेपाल आर्मीहरुले रक्तदान गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल