निर्वाचन चिन्ह अंकित टि–सर्ट, टोपी झोला वितरणमा आयोगको रोक

निर्वाचन चिन्ह अंकित टि–सर्ट, टोपी झोला वितरणमा आयोगको रोक

काठमाडौं , जेठ २७–निर्वाचन आयोगले स्थानीय तहको दोश्रो चरणको निर्वाचनका क्रममा चुनाव चिन्ह अंकित टि–सर्ट, टोपी, झोला लगायतका जिन्सी समान मतदाताहरूलाई वितरण गर्न रोक लगाएको छ ।

आयोगका निर्वाचन आयुक्त सुधीर कुमार शाहको अध्यक्षतामा बसेको निर्वाचन आचार संहिता समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले चुनाव प्रचारका लागि चुनाव चिन्ह अंकित टि–सर्ट, झोला, टोपी लगायतका सामग्री वितरण रोक्न सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृत÷प्रमुख जिल्ला अधिकारी तथा आचार संहिता अनुगमन गर्ने अधिकारीहरूलाई आचार संहिता विपरितका कार्य रोक्न निर्देशन दिन निर्णय गरेको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जनाएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल