काठमाठौं, जेठ २७–रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत आठौं कोरियन भाषा परीक्षा आजवाट सुरु भएको छ । दक्षिण कोरियाको रोजगारीका लागि भाषा परीक्षामा समेल हुन आवेदन गर्ने ७५ हजार भन्दावढीले सो भाषा परीक्षामा सामेल हुने इपिएस शाखाले जनाएको छ ।
इपिएसका अनुसार शनिबार र आइतबार हुने भाषा परीक्षामा दुवै दिन दुई चरणमा परीक्षा सञ्चालन हुने छ । कोरियाको मानव संसाधन विभागले यो भाषा परीक्षा सञ्चालन गर्दैछ । परीक्षामा सहभागि हुनेले इपिएसले तोकेको परीक्षा केन्द्रमा निर्धारित समय भित्र एमआरपी र प्रवेश पत्र लिएर जानुपर्ने व्यवस्था छ ।
परीक्षा केन्द्रमा मोवाइल, क्यालकुलेटर, ल्यापटप लगायतका कुनैपनि इलेक्ट्रोनिक्स सामाग्री लैजान रोक लगाइएको र कालो डटपेन प्रयोग गर्नुपर्ने इपिएसले जनाएको छ । भाषा परक्षिामा आवेदक आफै उपस्थित हुनुपर्ने र अर्काको परीक्षा दिएको फेला परेमा कडा कारवाहीका साथै कोरियाको रोजगारीमा जान समेत वञ्चित गरिने व्यवस्था छ । आजको परीक्षामा आवेदक मध्ये करिव आधा सहभागि भएका छन् । यसका लागि काठमाडौं र ललितपुरमा २६ वटा परीक्षा केन्द्र तोकिएको छ ।
यता इपिएसले तोकेको २६ नम्वरको परीक्षा केन्द्र एसियन इन्क्ष्टिच्युट आफ म्यानेजमेन्ट खुमलटारमा परीक्षा केन्द्रको प्रवेश पत्र नम्वरको विवरण अन्यता परेकाले केही परीक्षार्थीले परीक्षा दिन नपाएको जनाएको छ । इपिएसका अनुसार सिम्वल नम्वर १००७२८७३ देखि १००७३५५८ सम्मका परीक्षार्थीमध्ये केहीले परीक्षा दिन नपाएको भन्दै इपिएसले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सो विषयलाई केन्द्रिय समन्वय तथा अनुगमन सकित र एचआरडी कोरिया सर्भिस अफ कोरियासँगको समन्वयमा छिटो परीक्षाको व्यवस्था गर्न लागेको पनि इपिएसले जनाएको छ ।
इपिएसले जारी गरेको सूचना फरक परेको र सच्याई नयाँ सूचना जारी भइरहेको भएपनि केही परीक्षर्थीले भने पुरानै सूचनाका आधारमा परीक्षा दिन गएकाले यस्तो समस्या आएको जनाइएको छ ।
काठमाडौँ, जेठ २८ – उद्योग विभागले चार महिनामा अनलाइनको माध्यामबाट १४४ उद्योग दर्ता गरेको छ । माघ २ गतेदेखि अनल..
काठमाडौं, जेठ २८ – नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय क्षेत्रलाई बलियो बनाउन आ..
आकाश तारा बयक जेठ २७, सुर्खेत–कर्मचारी सञ्चय कोषले बेतान कर्णाली जलविद्युत आयोजना निर्माण कार्य छिट्टै शुरु गर..
-धिरन खत्री म्याग्दी, २८ जेठ । घर खर्च जुटाउन लामो समय विदेश बसेका बेनी नगरपालिका ४ बासकुनाका तिलक गुरुङको दैन..
एजेन्सी जेठ २७ – एलजी कम्पनीले केही दिन अघि OLED 4K सिरिजको टेलिभिजन सेट सार्वजनिक गरेको छ । यो टिभीको सबैभन्द..
पोखरा, २७ जेठ – बङ्गुरको मासुको प्रवद्र्धनका लागि पोखरामा असारको पहिलो हप्ता तेस्रो पोर्क फेस्टिबल गरिने..
सुरेशचन्द्र अधिकारी चितवन, जेठ २६– झण्डै दुई वर्षदेखि कच्चा दुधको अभाव बन्द रहेको चितवन मिल्क साउनदेखि नियमित ..
काठमाडौं, जेठ २६– नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई )का उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको श्रम सम्ब..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..