कुकुर नियन्त्रणका लागि धरानमा कुकुर बन्ध्याकरण शिविर

कुकुर नियन्त्रणका लागि धरानमा कुकुर बन्ध्याकरण शिविर

सुनसरी, जेठ २७–सामुदायिक कुकुरहरुलाई लक्षित गरी धरानमा कुकुर बन्ध्याकरण शिविर सञ्चालन भईरहेको छ ।
सामुदायिक कुकुरको संख्या घटाउन तथा कुकुरमा लाग्ने विभिन्न प्रकारका रोगहरुको नियन्त्रण गर्ने उद्देश्यका साथ कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन गरिएको हो ।


सामुदायिक कुकुरको कारण सवारी दुर्घटना हुने तथा पैदलयात्रीलाई आवतजावतमा समेत समस्या हुन थालेपछि यसको नियन्त्रणको लागि कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरिएको आयोजक संस्था पेट्स होम धरानका सञ्चालक संकुकर्ण श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार विगत ४ बर्षदेखी कुकुर बन्ध्याकरण शिविर गरिदै आएकोमा यस बर्ष तीनसय वटा कुकुरको बन्ध्याकरण गरिने लक्ष्य रहेको बताए । जेठ २३ गतेदेखी सञ्चालन भएको बन्ध्याकरण शिविरमा शुक्रबारसम्ममा एक सय भन्दा बढि कुकुरको बन्ध्याकरण गरिएको छ ।

धरान उप–महानगरपालिकाको आर्थिक सहयोग तथा हार्डकुक पोखराको प्राविधिक सहयोगमा बन्ध्यकरण शिविर सञ्चालन भइरहेको छ ।

विगतको बर्षसम्म छसय भन्दा बढि कुकुरको बन्ध्याकरण गरिएको हुदा धरानमा कुकुरको प्रजनन्दरमा कमी आएको पेट्स होमका सञ्चालक श्रेष्ठको दावी छ । पहिले सामुदायिक कुकुरको बच्चा धेरै देखिन्थ्यो तर अहिले त्यो दरमा कमी आएको छ –श्रेष्ठले भने ।

आगामी बर्षमा सामुदायिक कुकुरहरुको बासस्थानको लागि सेल्टरको समेत व्यवस्था गरिने तयारी भएको उनले बताए ।
जेठ ३१ गतेसम्म सञ्चालन हुने कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविरमा पशु चिकित्सक विकास श्रेष्ठ र सचिता ज्ञावलीले कुकुरको शल्यक्रिया गरिरहेको छन् ।

पछिल्लो समय विभिन्न सहरमा सामुदायिक कुकुर नियन्त्रणका लागि विष सेवन गराएर मार्ने गरिएको थियो । यसरी पशुलाई विष सेवन गराएर मार्न नहुने आवाजहरु वेला वेला उठिरहदा धरानमा भने यस प्रकारको शिविर सञ्चालन भएकोमा स्वागत योग्य भएको पशु अधिकारकर्मीहरुले बताएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल