डण्डपाणि भट्टराई कुकुरका अध्येता
सानैदेखि घरमै हुर्काएर आफैँले तालिम दिएको कुकुर निकै अनुशासित हुन्छ । चनाखो जनावर भएकाले कुकुरले घरका सदस्यलाई बिहान चाँडो उठाउन भूमिका खेल्छ । बिहानै उठेर भुक्दा उसले अलार्मको काम गरिरहेको हुन्छ । र, बिहान सबेरै उठ्ने व्यक्ति तुलनात्मक रूपमा स्वस्थ हुन्छ ।
अधिकांश सहरिया नेपाली बिहान उठेपछि घरबाहिर निस्किँदैनन् । घरमा कुकुर पाल्ने हो भने यस्तो बानीमा परिवर्तन ल्याइदिन्छ । कुकुरले घरबाहिर निस्किने बहाना तयार पारिदिन्छ । बिहान उठेपछि कुकुरलाई दिसा–पिसाब गराउन या डुलाउन बाहिर लगिन्छ । जसले गर्दा कुकुरसँग खेल्दा र डुल्दा अल्छीपन अन्त्य हुन्छ ।
बिहानदेखि कोठाभित्रै टोलाएर बस्दा नकारात्मक कुराहरू खेल्ने खतरा रहन्छ । तर, २०–३० मिनेट कुकुरसँग खेल्दा मन स्फूर्त हुन्छ । खेल्ने क्रममा स्वतः शरीरलाई पनि कसरत पुग्छ । विभिन्न अध्ययनअनुसार रोमाञ्चक खेल खेल्नेको मस्तिष्कमा खुसी निम्त्याउने डोपामाइन र सेरोटोनिन केमिकलको मात्रा बढ्छ ।
एकपटक तालिम पाएको कुकुरले अनुशासन कहिल्यै तोड्दैन । तर, मान्छेले पटक–पटक जानाजान या अन्जानमा अनुशासन तोडिरहेको हुन्छ । यस्तो अवस्थामा कुकुरको अनुशासनले मान्छेलाई झस्काउँछ र अनुशासनमा बस्न पाठ सिकाउँछ । घरका केटाकेटीलाई अनुशासनमा बस्न सिकाउन पनि कुकुरको ठूलो भूमिका रहन्छ ।
दिनभरको कामले थकित या तनावपूर्ण अवस्थामा घर फर्किने मालिकलाई कुकुरले ढोकाबाटै स्वागत गरेर तनावमुक्त गराउन भूमिका खेल्छ । आफ्नो प्यारो कुकुर पुच्छर हल्लाउँदै स्वागत गर्न आइपुग्दा व्यक्तिले तनाव भुल्न थाल्छ । कुकुरसँगै केही बेर खेल्दै रमाउँदा दिग्दारी अन्त्य हुन्छ । कुकुरका गतिविधिले त्यो अवस्था आउनै दिँदैन । उसैसँग खेलेर दिन काट्न सकिन्छ ।
कुकुरसँगै बाहिर डुल्दा या खेल्दा शारीरिक कसरत हुन्छ । यस्तो कसरत मोटोपन नियन्त्रण गर्न, रक्तचाप सन्तुलनमा राख्न तथा मुटुसम्बन्धी रोग भएकालाई उपयोगी हुन्छ । वैज्ञानिक रूपमै प्रमाणित गर्दै अमेरिकाको बार्कपोस्टले घरमा कुकुर भएका व्यक्तिहरू बिरामी परे पनि चाँडै निको हुने लेखेको छ । हृदयाघात भएका व्यक्तिहरूमध्ये कुकुर पाल्नेहरू पूरै निको हुने सम्भावना दुई गुणा हुने देखिएको छ ।
कुकुर पालेपछि घरमालिकको उसप्रति प्रेम उत्तिकै हुन्छ । हेलचेक्र्याइँ गर्न मिल्दैन । त्यसैले रातिको खाना खाइसकेपछि सुत्नुअघि मालिकले कुकुरलाई एकछिन डुलाउने तथा दिसा–पिसाब गराउने गर्नुपर्छ । कुकुरप्रति गर्ने यस्तो जिम्मेवारीले फाइदा मालिकलाई नै मिलिरहेको हुन्छ । खानेबित्तिकै सुत्ने बानी टुटाइदिन्छ । खानेबित्तिकै नसुत्दा मोटोपन नियन्त्रणमा रहन्छ ।
नयाँ पत्रिकाबाट
कल्पना पौडेल काठमाडौँ, २८ जेठ । के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिन..
हरेक दिन खाली पेटमा मनतातो पानीमा कागती निचोरेर पिउँदा निकै लाभदायक हुने विज्ञहरूले सुझाब दिएका छन् । कागतीपान..
सुजिता बस्नेत योग प्रशिक्षक गलत जीवनशैली, अनावश्यक तनाव र व्यायामको कमीका कारण आजका युवाको जीवन अस्तव्यस्त हु..
काठमाडाँै, २७ जेठ । हेल्थपोष्ट भवन र यसलाई सञ्चालन गर्न चाहिने उपकरण एवम् औजार र स्वास्थ्यकर्मीको उच्च सेवाभाव..
एजेन्सी जेठ २६ – विद्यालयमा पढाइएका केही कुरा मानिसहरुले जीवनभरी सही मानेर अनुसरण गर्ने गर्दछन् । यतिमात्र होइ..
चितवन, २५ जेठ । स्वास्थ्य मन्त्रालयले यहाँको भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानसँगै अति विशिष्ट सेवासहितको ए..
एजेन्सी जेठ २४ – यदि तपाईं बजारमा पाइने कुनै पनि औषधी वा तौल घटाउने उत्पादनको प्रयोग गरेर पेटको बोसो घटाउँछु भ..
ओन्ली माइ हेल्थ जेठ २३ – मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । यो एउटा यस्तो पौष्टिक आ..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..