रामभरोसी यादव
सिरहा, जेठ २७– स्थानीय तहको निर्वाचन निर्वाचनको मिति नजिकिदै गएपनि यहाँका दलहरुलाई उम्मेवदवार छान्न सकस परेको छ । उम्मेदवारी मनोनय दर्ताको लागि अव हप्ता दिनमात्र बाँकी रहँदा पनि दलहरुले उम्मेवार छनोट गर्न सकेका छैनन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, संघिय समाजवादी फोरम नेपाल लगायतका दलहरुले अझै उम्मेवारी चयन गर्न सकेको छैनन् ।
नेपाली काँग्रेसका जिल्ला सभापति तथा सांसद रामचन्द्र यादवले धेरैजसो उम्मेद्वारहरु टुङ्गो लागिसकेको भन्दै अबको केहि दिनमा सबै नाम सार्वजनिक हुने बताए ।
नेकपा माओवादी केन्द्रले जिल्लाका अधिकांश गाउँपालीका तथा नगरहरुको उम्मेवार टुङ्गो लागिसकेको जनाएको छ । स्थानीय माओवादी नेता रामकुमार यादवले पार्टीले धेरैजसो गाउँपालीकाहरुको टुंगो लगाएको भन्दै केही गाउँ ालीका र नगरपालीकाहरुबाँकी पनि आगामी असार १ अघि नै लगाउने बताए ।
यता, संघिय समाजवादी फोरमका जिल्ला अध्यक्ष बादवप्रसाद यादवले भने, ‘अहिले समयपनि छ, हाम्रो गृहकार्य भईरहेको छ, अव चाँडै उम्मेवादर टुङ्गगो लाग्छ, त्यसको लागि हामी चाँडै बैठक बस्दैछौ ।’
मजदुर किसान पार्टीले पनि उम्मेवादर घोषणा गर्न सकेको छैन । पार्टीको २६ गते वस्ने बैठकले उम्मेवार टुङ्गो लगाउने जिल्ला अध्यक्ष विजय साहले जानकारी दिए । उनका अनुसार पार्टीले जिल्लाका पाँच ठाउँबाट उम्मेदवारी दिने भएको छ ।
नेकपा एमालेले भने धनगढीमाई नगरापलिका र सखुवानन्कारकट्टी गाउँपालिका बाहेक सवै गाउँपालिकाको उम्मेवार तय गरिसकेको छ ।
सिरहाको सात नगरपालिका र १० गाउँपालीकामा चार सय २६ वटा मदतान केन्द्र तय गरिएको छ भने भने तीन लाख ३१ हजार पाँच सय ९६ मतदाता रहेका छन् ।
नुवाकोट – स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीना..
प्रेम सुनार गुल्मी, जेठ २८– गुल्मी जिल्लाका २ नगरपालिका सहित १२ वटा स्थानीय तह रहे पनि गाउँपालिका प्रमुखको महि..
भूमिराज जोशी डोटी, जेठ २८– डोटी शिखर नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेद्वार बनेका स्थानीय राजप्रसाद..
काठमाडौँ, जेठ २८ – स्थानीय तह निर्वाचनका क्रममा मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने उद्देश्यले सरकारी का..
अजयकुमार साह महेन्द्रनगर (धनुषा), जेठ २८ – स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा धनुषाका नगरपालिकामा मुख्य..
इटहरी, २८ जेठ । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुख..
बाँके, २८ जेठ । नेपाली काँग्रेस बाँके जिल्ला शाखाले स्थानीय तहको निर्वाचनका लागि सबै उम्मेदवारको टुङ्गो लगाएको..
बैतडी, २८ जेठ । दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनबाट बैतडीमा ४६४ जना जनप्रतिनिधि निर्वाचित ..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..