जेठ २७, काठमाडौं– एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा भएको फाईनल खेलमा ताप्लेजुङ्ग महिला फुटबल टिमले रौतहट महिला फुटबल टिमलाई २–० गोलले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको छ । ताप्लेजुङ्गका लागि भुजुङ्गा राईले २३ र ५५ मिनेटमा गोल गरेका थिए ।
मिति २०७४ जेठ १६ गते देखि संचालन भएको प्रतियोगिताको विजेता ताप्लेजुङ्ग महिला फुटबल टिमले नगद र ३ लाख सहित विजेता ट्रफी र पदक तथा प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ । त्यस्तै गरी उपविजेता रौतहट महिला फुटबल टिमले नगद र १ लाख ५० हजार सहित विजेता ट्रफी र पदक तथा प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर ताप्लेजुङ्गकी लिला लामगाडो, उत्कृष्ट डिफेन्डर ताप्लेजुङ्गकी गिता राना, उत्कृष्ट मिडफिल्डर ताप्लेजुङ्गी अनिता बस्नेत, उत्कृष्ट फर्वाड रौतहटकी रश्मि कुमारी घिसिङ्ग तथा उत्कृष्ट प्रशिक्षक ताप्लेजुङ्गका देब कुमार मादेन हुन सफल भएका छन् । उत्कृष्ट सबैले नगद रु १५ हजार प्राप्त गर्न सफल भएका छन् । प्रतियोगिताका विजेता, उपविजेता र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष श्री नरेन्द्र श्रेष्ठ, मानार्थ उपाध्यक्ष्ँ हरि प्रसाद श्रेष्ठ, केन्द्रिय सदस्य रमेश रायमाझी, पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष्ँ भिमसेन कार्कीले पुरस्कार वितरण गरेका थिए ।
काठमाडौं, जेठ २८– विश्व फुटबल महासंघको कार्यक्रमअनुसार फिफा एम रेफ्रिङ कोर्ष आइतबारदेखि काठमाडौमा शुरु भएको छ ..
काठमाडौं, जेठ २६– मेलबर्नमा शुक्रबार भएको अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेलमा अर्जेन्टिनाले चिरपरिचित प्रतिद्वन्..
जेठ २६, भक्तपुरको चाँगुनारायण नगरपालिका ५ मा पर्ने पकुनेपाटीका निश्चल केसीलाई जापानको होकाइडो बेस बल एकेडेमीले..
एजेन्सी जेठ २६ – डब्लूडब्लूई र यस्तै प्रकारका केही व्यवसायीक रेसलिङमाथि धेरैपटक प्रश्न उठिरहेको छ । यसमा हुने ..
एजेन्सी जेठ २६ – बंगलादेशी क्रिकेटर अराफत सनी आफ्नी कान्छी श्रीमतीका कारण नराम्रोसँग फसेका छन् । उनकी कान्छी श..
लण्डन, जेठ २६ – च्याम्पियन्स ट्रफी अन्तरगतको समूह चरणको खेलमा श्रीलंकाले भारतविरुद्ध जित निकालेपछि समूह बी अन्..
एजेन्सी जेठ २५ – संसारको सबैभन्दा ग्ल्यामरस फुटबल रेफ्री भनिने क्लाउडिया रोमानी इटालीमा बस्छिन् । रोमानी त्यति..
काठमाडौं, जेठ २३ – त्रिभुवन विश्व विद्यालय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्टद्वारा आयोजित इन्टर कलेज क्रिक्सल २..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..