बैतडी, २७ जेठ – बैतडीको डिलाशैनी गाउँपालिका–१ का ६८ वर्षीया जञ्जाली रानालाई करिब दुई दशकपछि आएको स्थानीय तहको निर्वाचनले खुसी तुल्याए पनि भोट दिन भने निकै सकस परेको छ ।
आफैँले जन्म दिएका दुई छोरा अलगअलग पार्टीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेपछि जञ्जालीलाई भोट दिन समस्या भएको हो । जञ्जाली रानाका जेठो छोरा कर्णबहादुर राना नेपाली काँग्रेसबाट डिलाशैनी गाउँपालिकाबाट अध्यक्ष पदका उम्मेदवार बनेका छन् । कान्छा छोरा लोकेन्द्र राना (शीतल ) माओवादी केन्द्रबाट उम्मेदवार बनेका छन् । “दुवै छोरा मेरा लागि समान हुन् भोट कसलाई दिउँ ?” जञ्जालीले भने – “दिन मिल्ने भए त दुबै छोरालाई दिने थिए तर मिल्दैन ।”
उनले कसलाई भोट दिने भनेर निर्णय गर्न सकेका छैनन् ।
जञ्जालीलाई दुवै छोरा उम्मेदवार बनेकामा खुसी एकातिर छ भने भोट कसलाई दिने भन्ने चिन्ता अर्कातिर आइपरेको छ । उनले भने – “दुवै छोरा उम्मेदवार बन्दा खुसी छु तर एउटालाई भोट हाल्न नपाउँदा नियास्रो लाग्छ ।”
दुवै छोरा उम्मेदवार बनेपनि गाउँ घुम्न नपाएकामा आफू दुःखी भएको जञ्जालीले बताए । “म पञ्चायत कालमा राजनीति गर्ने मान्छे हुँ तर दुवै छोरा उम्मेदवार भएपछि गाउँमै जान सकिएको छैन,” उनले भने – “कुन छोराको प्रचारप्रसारमा हिँड्ने भनेर प्रचारमै गइनँ ।”
काँग्रेसबाट डिलाशैनी गाउँपालिकाबाट अध्यक्ष पदका उम्मेदवार बनेका जेठो छोरा कर्णबहादुर रानाले भने, – “भाइ माओवादी केन्द्रबाट लडेका छन् । दुवै एउटै आमाको कोखबाट जन्मेका हौँ, काँग्रेसको विचार राम्रो लाग्यो भने बुबाले मलाई दिनुहुन्छ, माओवादीको राम्रो लागे भाइलाई दिनुहुन्छ । तर पनि बुबाले मलाई नै भोट दिनुहुन्छ भन्नेमा म विश्वस्त छु । बुबाको भोट मैले पाउँछु, आमाले भाइलाई दिनुहुन्छ ।”
एक प्रश्नमा उनले भने – “भाइले पनि जित्छु भनेर उम्मेदवारी दिएको हो । मैले नि जित्छु भनेरै उम्मेदवारी दिएको हुँ । को जित्छ भन्ने थाहा पाउन मत परिणामलाई पर्खिनुपर्छ ।”
यता माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार बनेका कान्छा छोरा लोकेन्द्र राना (शीतल) बुबाले आफूलाई मत दिने दाबी गर्छन् । “दाइलाई हराएर गाउँपालिका अध्यक्ष हुन्छु भन्नेमा म ढुक्क छु, डिलाशैनीबाट म भारी मतका साथ विजयी हुन्छु,” उनले भने, – “योे सुनौलो मौका हो, यसलाई कसरी उपयोग गर्नुपर्छ भन्ने रणनीति बनाइसकेको छु ।”
डिलाशैनीका स्थानीय बासिन्दालाई समेत एकै घरका सहोदर दाजुभाइ उम्मेदवार बनेपछि कसलाई भोट दिने भनेर अन्योलमा परेका छन् ।
रासस
नुवाकोट – स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीना..
प्रेम सुनार गुल्मी, जेठ २८– गुल्मी जिल्लाका २ नगरपालिका सहित १२ वटा स्थानीय तह रहे पनि गाउँपालिका प्रमुखको महि..
भूमिराज जोशी डोटी, जेठ २८– डोटी शिखर नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेद्वार बनेका स्थानीय राजप्रसाद..
काठमाडौँ, जेठ २८ – स्थानीय तह निर्वाचनका क्रममा मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने उद्देश्यले सरकारी का..
अजयकुमार साह महेन्द्रनगर (धनुषा), जेठ २८ – स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा धनुषाका नगरपालिकामा मुख्य..
इटहरी, २८ जेठ । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुख..
बाँके, २८ जेठ । नेपाली काँग्रेस बाँके जिल्ला शाखाले स्थानीय तहको निर्वाचनका लागि सबै उम्मेदवारको टुङ्गो लगाएको..
बैतडी, २८ जेठ । दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनबाट बैतडीमा ४६४ जना जनप्रतिनिधि निर्वाचित ..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..