सुरेशचन्द्र अधिकारी
चितवन, जेठ २६– झण्डै दुई वर्षदेखि कच्चा दुधको अभाव बन्द रहेको चितवन मिल्क साउनदेखि नियमित संञ्चालनमा आउने भएको छ । कच्चा दुधको अभवका कारण ठूलो नोक्सानीमा गएपछि झण्डै २ वर्ष अघि बन्द भएको थियो ।
चितवन मिल्क आउदो साउन १ गतेबाट पुनः संञ्चालनमा ल्याउने तयारीमा संञ्चालकहरु लागेका हुन । भरतपुर महानगरपालिका वडा नम्वर १ ठिमुरामा दक्षिण एसियाकै नमुना उद्योगको रुपमा स्थापना गरिएको यो उद्योग दैनिक २ लाख लिटर दुध प्रसोधन गर्ने क्षमताको रहेको छ ।
चितवन मिल्क लिमिटेडका अध्यक्ष राजुवावु श्रेष्ठका अनुसार लामो समय संञ्चालनमा नआउदा बिग्रिएका कतिपय उपकरणहरु जडान र मर्मत सम्भार गर्नेकाम सम्पन्न भइसकेको छ । हालका लागि दैनिक ६० हजार लिटर दुधको प्रसोधन गरिने उनले बताए ।
राहुल ब्राण्डबाट राहुल स्किम मिल्क (धुलो दुध), राहुल डेरी ह्वाईटनर, बटर, घ्यू उत्पादन गर्ने उनले बताए । चितवन मिल्क संञ्चालनमा आएसँंगै नेपालमा दुध बढि उत्पादन हुने समयमा हुदै आएको मिल्क होलिडे रोकिएको थियो । नेपालका सफल व्यवसायी स्व. लक्ष्मण बाबु श्रेष्ठको नेतृत्वमा वि.सं. २०६९ साल जेठ २९ गतेबाट यो उद्योग संञ्चालनमा आएको थियो ।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थानको ७ प्रतिशत र बाँकी श्रेष्ठ नेतृत्वको चितवन को–ई समुहको गरी १ अर्व ४० करोड रुपैंयाको लागतमा उद्योग स्थापना भएको हो । दुई बर्ष अघि भूकम्प पछि कच्चा दुध अभाब पछि उद्योग संञ्चालन हुन नसकेर बन्द भएको थियो । २०७२ साल भदौ १ गतेबाट उद्योग पूर्ण रुपमा बन्द भएको थियो ।
काठमाडौँ, जेठ २८ – उद्योग विभागले चार महिनामा अनलाइनको माध्यामबाट १४४ उद्योग दर्ता गरेको छ । माघ २ गतेदेखि अनल..
काठमाडौं, जेठ २८ – नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय क्षेत्रलाई बलियो बनाउन आ..
आकाश तारा बयक जेठ २७, सुर्खेत–कर्मचारी सञ्चय कोषले बेतान कर्णाली जलविद्युत आयोजना निर्माण कार्य छिट्टै शुरु गर..
-धिरन खत्री म्याग्दी, २८ जेठ । घर खर्च जुटाउन लामो समय विदेश बसेका बेनी नगरपालिका ४ बासकुनाका तिलक गुरुङको दैन..
काठमाठौं, जेठ २७–रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत आठौं कोरियन भाषा परीक्षा आजवाट सुरु भएको छ । दक्षिण को..
एजेन्सी जेठ २७ – एलजी कम्पनीले केही दिन अघि OLED 4K सिरिजको टेलिभिजन सेट सार्वजनिक गरेको छ । यो टिभीको सबैभन्द..
पोखरा, २७ जेठ – बङ्गुरको मासुको प्रवद्र्धनका लागि पोखरामा असारको पहिलो हप्ता तेस्रो पोर्क फेस्टिबल गरिने..
काठमाडौं, जेठ २६– नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई )का उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको श्रम सम्ब..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..