एजेन्सी
जेठ २६ – डब्लूडब्लूई र यस्तै प्रकारका केही व्यवसायीक रेसलिङमाथि धेरैपटक प्रश्न उठिरहेको छ । यसमा हुने झगडा झुटो र पूर्वनिर्धारित हुन्छ भन्ने धेरैको टिप्पणी रहेको छ । यो कुरा साँचो हो कि यी झगडा पूर्ण रुपमा वास्तविक हुँदैनन् । आज हामी तपाईंलाई डब्लूडब्लूईसँग जोडिएका केही रोचक तथा अपत्यारिला तथ्यबारे जानकारी दिँदै छौं ।
१. दर्शकको प्रतिक्रियामार्फत तय हुन्छ विजेताः
डब्लूडब्लूईको उद्देश्य झगडामार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने हो । यस्तोमा झगडापूर्व नै दर्शकको प्रतिक्रिया हेरेर विजेता घोषित गरिन्छ । एक स्पोर्टस वेबसाइटका अनुसार फाइट स्क्रिप्टमा आधारित हुन्छ ।
– थुप्रै पटक यदि झगडाको क्रममा दर्शकको प्रतिक्रिया परिवर्तन भयो वा राम्रो भएन भने रेसलरसँग अर्को प्लान पनि हुन्छ । यसको अर्थ यो हो कि राम्रो शरिर र प्रस्तुती दिने रेसलरको मात्र जित हुनेछ भन्ने छैन ।
२. झगडाको क्रममा केही चोट वास्तविक भएपनि अन्य नाटक नै हुन्छः
डब्लूडब्लूईमा फाइटको क्रममा हुने खतरनाक स्टन्ट नै दर्शकलाई मनपर्छ । स्टन्टका लागि विशेष तालिम दिइएपनि रेसलरलाई चोट लाग्छ । यद्यपी, यी चोट सामान्य हुन्छन् तर मनोरञ्जनलाई ध्यानमा राखेर यसलाई बढाई–चढाई देखाइन्छ ।
३. आफ्नो अर्को कदमका लागि प्रतिस्पर्धीलाई बताउने गर्छन् रेसलर्सः
फाइटको क्रममा रेसलरलाई आफ्ना प्रतिद्वन्द्वीको प्रत्येक व्यवहार र चालको जानकारी हुन्छ । थुप्रै पटक दुबैले एक अर्कालाई यसको संकेत पनि दिन्छन् । स्टन्टको तालिमको क्रममा रेसलरलाई ठूलो चोट लाग्नबाट कसरी बचाउने भन्ने बारे सिकाइन्छ । यसलाई स्पट कलिङ भनिन्छ ।
४. ७० प्रतिशत हतियार सक्कली हुन्छ तर रेसलरलाई दिइन्छ तालिमः
डब्लूडब्लूइमा हथौडा, स्टिलको चेयर, टेबल, ल्याण्डर र डण्डाजस्ता हतियार सधैं महत्वपूर्ण हिस्सा हुन्छन् । सबैभन्दा पहिले यसको प्रयोग एक्सट्रीम च्याम्पियनशीप रेसलिङमा भएकमो थियो । त्यसपछि डब्लूडब्लूएफको एटीट्युड एरा अर्थात् सन् १९९७ देखि सन् २००१ सम्म अत्यधिक प्रयोग भयो ।
यद्यपी, पछि यसमा केही परिवर्तन गरियो । रिंगको मुनी भएका ७० प्रतिशत हतियार वास्तविक हुन्छन् तर यसलाई फाइटका लागि विशेष प्रकारले बनाइएको हुन्छ । यसको अर्थ यो हो कि यो हेर्दा पूर्ण रुपमा सक्कली देखिएपनि त्यसको संरचना, तौल र कडाईलाई निकै हदसम्म कम गरिएको हुन्छ । यसका साथै यसको प्रयोग गर्नमा पनि विशेष तालिम दिइएको हुन्छ ।
५. रगत निस्कने पनि हुन्छ तालिम, रेफ्रीले गर्दछ मद्दतः
डब्लूडब्लूई फाइटमा सबैभन्दा अचम्म गरिदिने कुरा के छ भने रेसलरको शरिरमा देखिने रगत वास्तविक हुन्छ । थुप्रै पूर्वनिर्धारित फाइटको क्रममा रेफ्री आफै रेसलरलाई एक रेजर दिन्छन् जसलाई छुँदामात्र पनि रगत निस्कने गर्दछ । त्यसपछि रेसलरले आफ्नो हातले उक्त रगतलाई फैलाउने गर्दछन् । यसले दर्शकलाई यस्तो भ्रम पैदा गर्छ कि चोटका कारण रेसलरको रगत बग्न थालेको छ । यो कदमलाई ब्लेड वाइपिङ पनि भनिन्छ ।
काठमाडौं, जेठ २८– विश्व फुटबल महासंघको कार्यक्रमअनुसार फिफा एम रेफ्रिङ कोर्ष आइतबारदेखि काठमाडौमा शुरु भएको छ ..
जेठ २७, काठमाडौं– एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा भएको फाईनल खेलमा ताप्..
काठमाडौं, जेठ २६– मेलबर्नमा शुक्रबार भएको अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेलमा अर्जेन्टिनाले चिरपरिचित प्रतिद्वन्..
जेठ २६, भक्तपुरको चाँगुनारायण नगरपालिका ५ मा पर्ने पकुनेपाटीका निश्चल केसीलाई जापानको होकाइडो बेस बल एकेडेमीले..
एजेन्सी जेठ २६ – बंगलादेशी क्रिकेटर अराफत सनी आफ्नी कान्छी श्रीमतीका कारण नराम्रोसँग फसेका छन् । उनकी कान्छी श..
लण्डन, जेठ २६ – च्याम्पियन्स ट्रफी अन्तरगतको समूह चरणको खेलमा श्रीलंकाले भारतविरुद्ध जित निकालेपछि समूह बी अन्..
एजेन्सी जेठ २५ – संसारको सबैभन्दा ग्ल्यामरस फुटबल रेफ्री भनिने क्लाउडिया रोमानी इटालीमा बस्छिन् । रोमानी त्यति..
काठमाडौं, जेठ २३ – त्रिभुवन विश्व विद्यालय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्टद्वारा आयोजित इन्टर कलेज क्रिक्सल २..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..