बञ्चरो प्रहार गरी छिमेकीको हत्या

बञ्चरो प्रहार गरी छिमेकीको हत्या

-रविन्द्र काफ्ले
फिदिम, २६ जेठ – पाँचथरको फिदिम नगरपालिका–१ मा छिमेकी युवाले बञ्चरोले हिर्काउँदा ६४ बर्षीय वृद्धको मृत्यु भएको छ ।

फिदिम नगरपालिका–१, साभ्राङका भीमबहादुर केरुङको छिमेकी चन्द्रे भनिने २७ वर्षीय विनय नेम्वाङले विहीवार राती साढे १२ बजे वञ्चरो प्रहार गरी हत्या गरेका हुन् ।

नेम्वाङले राती घरमा सुतिरहेका केरुङलाई दाउरा काट्ने बञ्चरोले घाँटीमा प्रहार गरेका थिए । घटनापछि स्थानीयले उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याउँदै गर्दा केरुङको बाटैमा मृत्यु भएको स्थानीयले वताए ।

घट्नाका विषयमा स्थानीयले खबर गर्नासाथ पुगेको प्रहरी टोलीले नेम्वाङलाई दाउरा काट्ने वञ्चरो सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए ।

नेम्वाङ र केरुङवीच जग्गा विवाद रहेको र सोही कारण हत्या भएको हुनसक्ने स्थानीयले आशंका गरेका छन । उनीहरु आफन्त समेत रहेको स्थानीयवासीले वताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल