पूर्ण संस्थागत सुत्केरी घोषणा

२६ जेठ  |   रासस

पूर्ण संस्थागत सुत्केरी घोषणा

बैतडी – दशरथचन्द नगरपालिका–१० बाराकोटलाई पूर्ण संस्थागत सुत्केरी स्थल घोषणा गरिएको छ । वडाका गर्भवती महिलाले स्वास्थ्य संस्थामा पुगी बच्चा जन्माएको, चार पटक गर्भजाँच गराएको तथा आइरन चक्की नियमित खाएको लगायत आठ सूचक पूरा गरेको पाइएपछि बिहीबार कार्यक्रमबीच सो घोषणा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, नगरपालिकाका कार्यकारी अधिकृत अर्जुन शर्मा, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा गुणराज अवस्थी लगायतको उपस्थितिमा सो घोषणा गरिएको हो ।
यसअघि, बैतडीका आठवटा स्वास्थ्य संस्था पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल