जबर्जस्ती करणीका फरार अभियुक्त पक्राउ

२६ जेठ  |   रासस

जबर्जस्ती करणीका फरार अभियुक्त पक्राउ

बर्दिया – जबर्जस्ती करणी मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । बर्दियाको गुलरिया नगरपालिका–७ चौगुर्जीका २५ वर्षीय महेस यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक हेमबहादुर शाहीको टोलीले राजापुर नगरपालिका–७ शङ्कर बस्तीमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ ।

यादव २०७३ साल असोज ६ गते दिउँसो धान खेतीमा १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरी फरार थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल