राजपा कार्यकर्ताले घेरे प्रहरी कार्यालय

राजपा कार्यकर्ताले घेरे प्रहरी कार्यालय

कपिलवस्तु, जेठ २५– कपिलवस्तुको चन्द्रौटामा राष्ट्रिय जनता पाटी नेपालका कार्यकर्ताहरुले विहीबार वडा प्रहरी कार्यालय घेराउ गरेका छन् ।

चन्द्रौटामा राजपा नेपालको पूर्व निर्धारित कार्यक्रम अन्तरगत चक्काजाम गर्ने क्रममा प्रहरी र राजपा कार्यकर्ताबीच विवाद भएको थियो ।

विवाद पश्चात राजपा नेता तथा कार्यकर्ताहरुले वडा प्रहरी कार्यालय चन्द्रौटाकै गइ नारा जुलुस गरेका थिए । मधेशीको अधिकारका लागि राजपाको पूर्व निर्धारित कार्यक्रम अन्तरगत जेठ २५ गते दिउसो १ बजेदेखि ३ बजेसम्म सडक जाम कार्यक्रम तय गरिएको राजपा नेता रविदत्त मिश्राले जानकारी दिए ।

सो विरोध कार्यक्रममा पूर्वमन्त्री ईश्वर दयाल मिश्रा तथा नेताहरु फरहन अक्बाल खाँ, मोहम्मद मुस्ताफ खाँ, लगायतको उपस्थिति थियो ।

करिब दुई घण्टा वडा कार्यालयमा विरोध जनाएका राजपाका सयौं कार्यकर्ताहरुले चन्द्रौटा चोकमा पुनः केहीबेर विरोध प्रर्दशन गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल