कपिलवस्तुको वाणगंगामा कांग्रेस र माओवादी तालमेल

कपिलवस्तुको वाणगंगामा कांग्रेस र माओवादी तालमेल

कपिलवस्तु, जेठ २५– दोस्रो चरणको निर्वाचन अन्र्तगत असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि बाणगंगा नगरपालिकामा नेपाली कांग्रेस र माओवादीबीच तालमेल भएको छ । तालमेल अनुसार नेपाली काग्रेसलाई मेयर र माओवादी केन्द्रलाई उपमेयर दिने गरी लिखित सहमति भएको छ ।

अव मेयरमा नेपाली काग्रेसको तर्फबाट मगंलप्रसाद थारु र उपमेयरमा माओवादी केन्द्रका टोपनारायण बेल्बासे रहेका छन । थारु नेपाली काग्रेसको बाणगगा नगर सभापति हुन भने टोपनारायण बेलबासे माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य हुन् ।

तालमेलमा बाणगंगामा रहेका ११ वटा वडामध्य वडाअध्यक्ष र सदस्यहरुका लागी भने तालमेल हुन बाँकी रहेको छ । केहि दिनअघि माओवादी केन्द्रले बाणगंगाको मेयरमा बिष्णु बेल्बासेलाई उम्मेदार बनाउने घोषणा गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल