नयाँ शक्तिका नेता भन्छन्– सीके राउत धेरै इमान्दार

नयाँ शक्तिका नेता भन्छन्– सीके राउत धेरै इमान्दार

काठमाडौं, जेठ २५– नयाँ शक्ति पार्टीका नेता रामकुमार शर्माले मुलुक विखण्डनको अभियान चलाएका सीके राउत धेरै इमान्दार भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले संसदीय राजनीति गर्ने अहिलेका नेता भन्दा बताएका छन् । सघीयता कि स्वतन्त्रता भन्ने सामाजिक सञ्जालमा बहस चलाउँदै शर्माले राउतको प्रशंशामा धेरै नै शब्द खर्चिएका छन् ।

‘राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र प्रशासनिक राजनीतिको सुक्ष्म अध्ययन गर्दा स्वतन्त्रताको आन्दोलनमा लागेका प्रमुख नेता डा. सिके राउत अर्को पक्षका नेताहरू भन्दा इमानदार, दृढ़ संकल्प र उद्देश्यप्रति अबिचलित देखिन्छ ।’ शर्माले भनेका छन् ।

जनताको व्यापक सांगठनिक संरचना बनाउन सकेमा, संसदीय नेतालाई लडाउन सकेमा, अन्तर्राष्ट्रिय शक्तिको बिश्वास जित्न सकेमा हाल राजनीतिमा रहेका पहाड़ी र मधेसी नेताहरूको नीति, विचार र अवसरवादी, भ्रस्टाचारी र राष्ट्रघाती क्रियाकलाप यस्तै रही रहेमा नेपाली जनताले चाहेमा वा नचाहेमा पनि देश स्वतन्त्रताको बाटोबाट कसैले रोक्न नसक्ने शर्माको तर्क छ ।

शर्माले स्वतन्त्रताको बाटोका लागि केही आधारहरुसमेत प्रस्तुत गरी सामाजिक सञ्जालमार्फत बहस थालनी गरेका छन् । राज्यद्वारा सुरक्षा, न्यालय, कर्मचारी प्रशासन, लगायत सबै तह र निकायमा बिभेद, औपनिबेशिक किसिमले शासन र शोषण गर्नु, एउटै देशका नागरिकसँग शासक र शोषितको फरक–फरक व्यवहार गर्नु, शासक वर्गले द्वन्दलाई सम्बोधन गर्न नचाहनु जस्ता कारणले स्वतन्त्रताको बाटो रोज्न सक्ने उनको तर्क छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल