सिंगाका एक युवाले बगरमा फलाए खर्बुजा

सिंगाका एक युवाले बगरमा फलाए खर्बुजा

म्याग्दी, जेठ २५– म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका युवा कृषक भगवान खड्काले बगरमै खर्वुजा गरी आकर्षक आम्दानी गर्न सफल भएका छन् ।

म्याग्दी नदीको छेवैमा नदीले खेतवारी खटान गरी बनेको बगरमा खड्काले गत बर्षदेखि खर्वुजा खेती सुरु गरेका हुन् । म्याग्दी नदीले कटान गरेको खेतसहित ६ रोपनी खेतमा खर्वुजा खेती गरेका खड्काले यो बर्ष उत्पादन भएको खर्बुजा बजारीकरण गर्न थालेको बताए ।

उनले एक रोपनी बगरमा गरेको खर्वुजा खेतीबाट मात्रै उत्पादन भएको करिब तीन सय किलो खर्वुजा विक्रि भईसकेको जानकारी दिए । ‘पाँच रोपनी मकैबारीमा समेत खर्वुजा खेती गरेको थिए, दुई साताभित्र यो पनि बजारीकरण भैसक्छ, यो बर्ष करिब एक हजार किलो खर्बुजा विक्रि हुने अनुमान गरेको छु’–कृषक खड्काले बताए ।

उनले बजारमा प्रतिकिलो ४० देखि ५० रुपैयाँ सम्ममा खर्बुजा विक्रि गरेका छन् । बिषादी रहित तवरले उत्पादन गरेकाले स्वास्थ्यलाई समेत लाभदायी हुने भएकाले गर्मियाममा बजारमा खर्बुजाको माग उच्च हुने उनको अनुभव छ ।

जिल्ला कृषि विकास कार्यालयबाट अनुदानमा उपलब्ध भएको बिउ लिएर खर्वुजा खेती सुरु गर्नुभएका खड्काले आगामी बर्ष २५ रोपनी मकैखेतमा खर्बुजा खेती गर्ने योजना रहेको बताए ।

खड्कासंगै बेनी नगरपालिका–४ सुर्केमेलाका भीमबहादुर बानियाँले समेत व्यवसायिक रुपमा खर्वुजा खेती गर्दै आएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल