राज्यसँग सम्पर्कविहिन उपल्लो डोल्पाः डोल्पालीको आवाज भएन सुनुवाई

राज्यसँग सम्पर्कविहिन उपल्लो डोल्पाः डोल्पालीको आवाज भएन सुनुवाई

रामचन्द्र न्यौपाने

डोल्पा, जेठ २५– संञ्चार क्षेत्रमा भएको तीब्र विकासले विश्वलाई साँघुरो बनाईदिएको छ । कुनै एक कुनामा बसेर बिश्वका जुनसुकै ठाँउ नियाल्ने अवसर जुटाईदिएको छ संञ्चार जगतले । नेपालका ठुला सहरहरु समेत पछिल्लो समयमा बिश्वमै पहिलोस्तरको सबैभन्दा तिब्र गतिमा चल्ने फोर.जी ईन्टरनेट सेवाको विस्तार भईसकेको छ ।

तर, सम्पर्क विहिन उपल्लो डोल्पा
नेपालको सबैभन्दा ठुलो जिल्ला डोल्पा हो, यसको आधा भु–भाग उपल्लो डोल्पाले ओगटेको छ । राज्यले दुर्गम जिल्ला डोल्पाको उत्तरी भेग उपल्लो डोल्पामा भने अझैसम्म फोन सेवाको पहँुच बिस्तार गर्न सकेको छैन् । उपल्लो डोल्पा बर्षौदेखि संञ्चार विहिनहुँदा पनि राज्यलाई तातो लागेको छैन् । ईन्टरनेट सुविधा पाउनु त उपल्लो डोल्पालीको लागि सपनाको कुरा हो ।‘यो जुनीमा घरबाटै मोबाईल फोनबाट कुरागर्न पाईन्छकी भन्ने आशा समेत मारी सकेका छौ’ डोल्पो बुद्ध गाँउपालिकाका–१ का अध्यक्ष ग्याल्बो भोटेले गुनासो गरे ।

 उपचार नपाउँदाकाे पीडा
उपल्लो डोल्पामा फोन सम्पर्क नभएकै कारणले दर्जनौ सर्वसाधारणहरुले उपचार नपाएर अकालमै ज्यान गुमाउन परेको कुरा अनौठो होईन् । छार्काताङसोङ गाँउपालिकाका प्रमुख सेनाङ गुरुङ्का अनुसार उपल्लो डोल्पाली कसैको घरमा फोन छ,नत गाँउमा नै ? बिरामी परेर मर्नै आँटेपनि फोन सम्पर्क गरेर स्वास्थ्यकर्मी बोलाउने अवस्था छैन् । “जटील प्रकारको बिरामिलाई उपचारका लागि जिल्ला बाहिर लैजानको लागि लाखौँ खर्च गरेर हेलीकोप्टर बोलाउँछु भन्दा पनि फोन सम्पर्क नभए अकालमै घरमै मर्नु उपल्लो डोल्पालीको नियती नै बनिसकेको छ ।’ गुरुङले थपे ।

संञ्चार सम्पर्क नहुँदा दर्जनौ सर्वसाधारणहरुले ज्यान गुमाई सकेको उनको भनाई छ । गत बर्षमात्रै यार्सागुम्बा सुरक्षार्थ खटिएका नेपाल प्रहरीको दुईजनाको अकालमै ज्यान गएको थियो । बिरामी पर्दा उपचारको लागि हेलीकोप्टर बोलाउन फोन सुविधा नभएपछि अकालमै ज्यान गुमाउनु परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुमीत खड्काले बताए ।

शान्ति सुरुक्षा कायम गर्न चुनौती
उपल्लो डोल्पा यसैपनि भौगौलिक रुपमा बिकट क्षेत्र भएकाले शान्ति सुव्यबस्था कायमगर्न चुनौती भएको स्थानीय प्रशासनले जनाएको छ । फोन असुविधाको कारण हप्तौ अगाडी घटेका ठुला ठुला घटनाहरुको जानकारी हप्तौ पछि आउने गरेकाले अपराधि अपराध गरेर उम्किने मौका पाउने गरेको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक खड्को भनाई छ टावरको माग गर्दै थाके उपल्लो डोल्पाली
उपल्लो डोल्पामा मोवाईल फोन सेवाको बिस्तार गराईदिन भन्दै पटक पटक हप्तौँ हिँडेर सदरमुकाम पुगे उनीहरु ।

सम्बन्धित निकायमा गुनासो गरेपनि उपल्लो डोल्पालीको बास्तविक दैनिकी कसैले बुझ्न सकेन । डोल्पाका छार्का,मुकोट,तिन्जे,मुकोट,साल्दाङ अझैपनि राज्यबाट सम्पर्क विहिन छन् । ‘उपल्लो डोल्पामा संञ्चार सेवा बिस्तारको लागि राज्य सँग भन्दा भन्दा थाकिसक्यौ अझै तर सुनुवाई भएन्’ शे–फोक्सुन्डो गाउँपालिकाका प्रमुख तसी टुन्डुप गुरुङले बताए ।

क्याराभान नायक थिन्लेको क्षेत्र उपल्लो भोट
उपल्लो डोल्पा अन्र्तराष्ट्रिय चलचित्र अर्वाड ओस्कारमा पुग्न सफल विश्व चर्चित चलचित्र क्याराभान नायक थिन्ले लुन्डुप लामाको क्षेत्र हो । डोल्पामा क्याराभान फिल्म बनेकै कारण डोल्पा भन्ने बित्तिकै उपल्लो डोल्पाको भुगोल चिन्ने र डोल्पाली भन्दा थिन्लेलाई चिन्ने त्यो क्षण आजसम्म आईपुग्दा भुलिसकिएको छ ।

बिकट क्षेत्रमा जन्मेका स्वर्गीय थिन्लेले डोल्पा मात्र चिनायन् नेपालको गरिमा समेत विश्वसामु ठड्याईदिए क्याराभानमा अभिनय गरेर तर आज तिनै ब्यक्तित्व थिन्लेको गाँउ घर उपल्लो डोल्पामा संञ्चारको पहँच पुग्न नसक्दा उपल्लो डोल्पालीले जंगली जीवन बिताईरहेकाछन् ।

घण्टौ हिँड्नु पर्ने बाध्यता
त्यसैपनि बिकटताले कष्टकर बनाईदिएको उपल्लो डोल्पालीको दैनिकी फोन सेवा नहँदा झनै कष्टकर बनिरहेको उपल्लो डोल्पालीको गुनासो छ ।

उपल्लो भेगका कुनै गाँउमा हुने पुजा आजा तथा चाडपर्वको अवसरमा आफन्त तथा छिमेकीलाई खवर गर्न घण्टौँ हिँड्नु पर्दछ । फोनबाट एक मिनेटमै हुने कामका लागि अग्ला अग्ला लेक काटेर घण्टौँ हिँडेर आफै पुग्नु पर्ने बाध्यता रहेको स्थानीय निमा लामाले बताए । भने ‘फोन सम्पर्क नहुँदा छिमेकीलाई खवरगर्न गएकोमान्छे समेत कतै बिरामि भयो पुग्यो वा पुगेन भन्ने पनि पत्तो हुँदैन् ।’
स्थलगत अध्ययन भयो काम भएन
उपल्लो डोल्पालीको तिब्र गुनासो पछि उपल्लो डोल्पाका केही स्थानहरुमा नमस्ते तथा स्काई मोवाईल फोन बिस्तारगर्नका लागि सर्भे समेत गरिएको थियो । सर्भे गरिएको तिन महिना बितिसक्दा पनि काम सुरुगर्ने बिषयमा कुनैपनि जानकारी नआएको दुरसञ्चार कार्यालय डोल्पाले जनाएको छ ।

उपल्लो डोल्पालीको दैनिकीलाई केही सहज बनाउन उपल्लो डोल्पाका साल्दाङ,धो,मुकोट,छार्का लगायतका गाविसमा भि स्याट फोन सुविधाको ब्यबस्था गरिएको थियो । साल्दाङ,भिजेर,छार्का लगायतका स्थानहरुमा त्यही भि –स्याट फोन समेत बिग्रेको महिनौ भईसकेको छ तर यसको मर्मतका लागि सम्बन्धित निकायलाई तातो नलागेको उपल्लो डोल्पाका स्थानीय धावा गुरुङले बताए ।

सरकारी कामकाज समेत निस्प्रभावी
फाेन तथा ईन्टरनेट सुविधाको पँहुच नहुँदा उपल्लो डोल्पाका सरकारी तथा गैह्र सरकारी संघ संस्थाको नियमित कामकाज समेत प्रभावकारी बन्न सकेको छैन् । संञ्चारको पँहुच नभएकाले उपल्लो डोल्पामा स्थापना गरिएको सरकारी तथा गैह्र सरकारी संस्थाको कामकाज समेत अपेक्षा गरे अनुरुप संञ्चालन गर्न नसकिएको र त्यसको प्रतिफल समेत सन्तोषजनक नभएको सरोकारवालाहरुले बताए ।
हेलो सरकारमा उजुरी
उपल्लो डोल्पामा संञ्चार पहँचु पु¥याउन विभिन्न कदमहरु चालिएतापनि केही सिप नलागेपछि माग सुनुवाईहुने आसा राख्दै हेलो सरकारमा गुनासो टिपाएका छन् । नागरिक समाज डोल्पाको अगुवाईमा गएको जिल्ला स्थित विभिन्न सरोकारवाला पक्षहरु सहितको भेलाले उपल्लो डोल्पामा फोन सेवा स्थापनाका लागि सम्बन्धित निकायमा पहल गरिदिनको लागि गत आईतबार हेलो सरकारमा गुनासो टिपाएको नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले जानकारी दिए ।

डोल्पामा फोन सेवा नहुँदाको समस्या पटक–पटक नेपाल टेलीकमका क्षेत्रीय तथा केन्द्रिय कार्यालयहरुमा पठाउने गरेपनि सुनुवाई नभएको दुर संञ्चार कार्यालय डोल्पाका प्रमुख दया बिक्रम केसीले जानकारी दिए ।

पर्यटकलाई समस्या
उपल्लो डोल्पामा संञ्चार सेवाको विकासहुने नसक्दा नियमित आउने पर्यटकहरुलाई समस्याहुने गरेको पर्यटन व्यबसायीहरुले बताएकाछन् । जिल्ला सदरमुकाम दुनैबाट भित्र छिरीसकेपछि कुनैपनि ठाँउमा फोन नलाग्ने भएकाले पनि पछिल्लो समयमा पर्यटकहरुको सङ्ख्यामा कमी आएको उनिहरुको भनाई छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल