अल्का आइभीएफद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, ढिला बिहे गर्ने अधिकांश महिलामा बाँझोपनको समस्या देखियो

अल्का आइभीएफद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, ढिला बिहे गर्ने अधिकांश महिलामा बाँझोपनको समस्या देखियो

ललितपुर, जेठ २५–ललितपुरको जावलाखेलस्थित अल्का आइभिएफ एण्ड फर्टिलिटि सेन्टरले आयोजना गरेको दुई दिने निशुल्क शिबिरमा २ सय ७५ जना स्त्री रोग तथा बाझोपन समस्याका बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् ।
सेन्टरले मंगलवार र बुधवार गरेको निशुल्क शिबिरमा करिब ५० जना बिरामीमा बाँझोपन सम्बन्धी समस्या देखिएको प्रशुती तथा स्त्री रोग एवं बाझोपन बिशेषज्ञ डा. नुतन शर्माले जानकारी दिइन् ।
ढिलो बिहे गरेका, असुरक्षित गर्भपतन गराएका तथा पाठेघरको संक्रमण भएर समयमै उपचार नगराएका अधिकांस महिलाहरुमा बाझोपन सम्बन्धी समस्या देखिएको डा. शर्माले बताइन ।
शिबिरमा इनफर्टिलिटि स्क्रिीनिङ्ग क्यान्सर स्क्रिीनिङ्ग, स्त्री रोगसम्बन्धी निशुल्क परीक्षण गरिनुका साथै चिकित्सकको सिफारिसमा बिरामीको रगत सम्बन्धी परीक्षण, पाठेघरको मुखको क्यान्सर सम्बन्धी जाँच, टिभिएस, भिडियो एक्सरे समेत निशुल्क गरिएको थियो ।
बिरामीलाई आवश्यकता अनुसारको औषधी समेत सेन्टरले निशुल्क रुपमा बितरण गरेको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल