स्थानीय तह निर्वाचन पहिलो संसोधन विधेयक बहुमतले पारित

स्थानीय तह निर्वाचन पहिलो संसोधन विधेयक बहुमतले पारित

काठमाडौं, जेठ २५ –असन्तुष्ट रहेका दललाई पनि स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा सहभागी गराउने उद्देश्यसहित सरकारले स्थानीय तह निर्वाचन ऐनलाई संशोधन गरेको छ ।
व्यवस्थापिका संसदको विहिबारको बैठकले सरकारले प्रस्तुत गरेको स्थानीय तह निर्वाचन पहिलो संशोधन विधेयक २०७४ लाई वहुमतले पारित गरेको हो ।

स्थानीय तह निर्वाचन ऐनलाई संसोधन गर्नका लागि बिहीबार संसदका दुईवटा बैठक बसेका थिए । दोश्रो बैठकले स्थानीय तह निर्वाचन पहिलो संसोधन विधेयक २०७४ लाई वहुमतले पारित गरेको हो ।

राजपालाई पनि निर्वाचनमा सहभागी गराएर अघि बढ्न भन्दै सरकारले स्थानीय तह निर्वाचन ऐनमा रहेको दल दर्ताको व्यवस्थालाई संशोधन गरेको हो । स्थानीय तह निर्वाचन ऐनको दफा १८ को १ मा दलको तर्फबाट उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने अन्तिम मिति भन्दा कम्तिमा १५ दिन अगावै दलका पदाधिकारीको हस्ताक्षर आयोगलाई बुझाउनुपर्ने व्यवस्थालाई संशोधन गरी समय सिमा हटाईएको छ ।
संशोधन विधेयकमा दफा १८ को १ मा रहेको पन्ध्र दिन भन्ने शब्दलाई मात्रै झिकेर अरु यथावत राखिएको छ । यसअघि विहीबार बसेको संसदको पहिलो बैठकबाट व्यवस्थापिका संसद संचालन निययमावलि २०७३ को नियम २ सय ५९ बमोजिम सोही नियमावलिको नियम १ सय २७ को उपनियम १ को निलम्बन गरिएको थियो ।
नियम निलम्बनको प्रस्ताव नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले प्रस्तुत गरेका थिए । नियम निलम्बन पछि गृहमन्त्री जनार्दन शर्माले स्थानीय तह पहिलो संसोधन विधेयक २०७४ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
पहिलो संशोधन विधेयकमाथि धारणा राख्दै नेमकिपाका सांसद प्रेम सुवाल र जनमोर्चाकी सांसद मिना पुनले दुई महिनामा नै संशोधन गर्नुपर्ने गरी सरकारले अदुरदर्शी ऐन ल्याएको र त्यसले लोकतन्त्रलाई कमजोर पार्ने भन्दै विरोध जनाएका थिए । नियम निलम्बनमा पनि यी दुई सांसदले विरोध जनाएका थिए ।

यसअघि सभामुख ओनसरी घर्तीले बैठकमा व्यवस्थापिका–संसद् नियमावली, २०७३ को नियम १७७ बमोजिम समितिमा रहने सदस्यहरूको नाम हेरफेर गर्न प्रस्ताव प्रस्तुत गरेकाेमा बैठकले सहमति जनाएको थियो ।
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारको कार्यविभाजनसम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट प्राप्त पत्र सभामुखले पढेर सुनाएकी थिइन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल