लोकराज घिमिरेको निधनप्रति दुःख व्यक्त

२५ जेठ  |   रासस

लोकराज घिमिरेको निधनप्रति दुःख व्यक्त

तुलसीपुर – नेपाल नेत्रज्योति सङ्घ, दाङका सदस्य, तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सभासद् केपी घिमिरेका पिता लोकराज घिमिरेको ९० वर्षको उमेरमा गत मंगलबार भएको असामयिक निधनप्रति नेपाल नेत्रज्योति सङ्घ, दाङ, राप्ती आँखा अस्पतालले दुःख व्यक्त गरेको छ ।

सङ्घका सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले एक विज्ञप्ति प्रकाशित गरी दुःख व्यक्त गरे ।

यस दुःखको घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति परमेश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी गहिरो समवेदना समेत सङ्घले प्रकट गरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल