किन्दुमा झोलुङ्गे पुल निर्माण

२५ जेठ  |   रासस

किन्दुमा झोलुङ्गे पुल निर्माण

बाबियाचौर म्याग्दी – अन्नपूर्ण गाउँपालिका–५ शिखको किन्दुस्थित घारखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

कादुरी एग्रीकल्चर एड एसोसियसन, ब्रिटिस गोर्खाज नेपाल परियोजनाको सहयोगमा पुल निर्माण भएको हो । ७७ मिटर लामो सो पुल निर्माण गर्न कादुरीले रु ४७ लाख ४४ हजार ७५६ सहयोग गरेको उपभोक्ता समितिले जनाएको छ ।

पुल निर्माण भएपछि शिखको किन्दु, झारवाङ, लिस्नेखर्कका एक सय घरधुरी बासिन्दा लाभान्वित भएका वडा अध्यक्ष दिनेशकुमार पुनले जानकारी दिए ।

यसअघि सो स्थानमा झोलुङ्गे पुल नहुँदा शिख आउन जानका लागि स्थानीय बासिन्दालाई समस्या हुने गरेको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल