स्कूल बसमा धनुषा ट्राफिकको निगरानी

स्कूल बसमा धनुषा ट्राफिकको निगरानी

जनकपुरधाम, जेठ २४ –धनुषा ट्राफिकले मंगलबारदेखि जनकपुरका स्कूल बसहरुमा कडाईका साथ चेकजाँच थालेको छ ।

जनकपुरको भ्रमपुराचौक स्थित ब्राईट जोन एकेडेमी स्कुलको विद्यार्थी पिकअप जीपमा ओसारपसार गरेको तस्वीर फेसबुकमार्फत सार्वजनिक भएपछि ट्राफिक सक्रिय भएको हो ।

मालसामान ढुवानी हुने पिकअप जीपमा बालबालिकाहरु ओसारपसार गरिरहेको तस्वीर सोमबार समाजिक संजालमर्फत सार्वजनिक भएको थियो ।
बालबालिका बोकेको उक्त पिकअप जीपको तस्वीरमा आफ्नो प्रतिक्रिया लेख्दै विद्यालयमाथि कारबाहीको माग गरिएको छ ।

समाजिक संजालमा जिल्लास्थित ट्राफिक प्रहरीको पनि आलोचना हुन थालेपछि मंगलबार एकाएक सक्रिय भएको हो । सीटभन्दा बढी बालबालिका ओसारपसार गर्न नपाउने भएपनि जनकपुरका स्कुल बसहरुमा बालबालिकालाई कोचेर ल्याएको देखिन्छ ।

ट्राफिक प्रमुख हरिनन्दन चौधरीले भने– ‘यस्ता किसिमका चेकजाँच हामीले पहिले पनि गरिरहेका थियौ तर यस्तो फेला परेको थिएन यो तस्वीर सार्वजनिक भएपछि हामीले सो नियन्त्रणका लागि बिशेष अभियान थालेका छौ ।’
उनले ४० वटा गाडी चेकजाँचको क्रममा कारबाहीमा परेको समेत बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल