महासंघका उपाध्यक्ष ढकालद्वारा विश्व पुर्ननिर्माण सम्मेलनलाई व्रसेल्समा संवोधन

महासंघका उपाध्यक्ष ढकालद्वारा विश्व पुर्ननिर्माण सम्मेलनलाई व्रसेल्समा संवोधन

काठमाडौं, जेठ २४–नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्र प्रसाद ढकालले बेल्जियममा आयोजित तेस्रो विश्व पुनरनिर्माण सम्मेलनलाई ब्रसेल्समा संवोधन गरेका छन् । जेठ २३ देखि बेल्जियमको ब्रसेल्समा आयोजित उक्त सम्मेलन बिहीबारसम्म चल्ने छ ।
उपाध्यक्ष ढकालका साथ उक्त सम्मेलनमा महासंघको कार्यकारिणी समितिका सदस्य एवं रोजगारदाता परिषद्का उपसभापति भरतराज आचार्यले भाग लिइरहेका छन् । सम्मेलन यूरोपियन यूनियनको मुख्य आयोजना र यूरोपियन कमिसन, विश्व बैंकको ग्लोवल फ्यासलिटी फर डिजास्टर रिडक्शन एण्ड रिकभरी (जीएफडीआरआर) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम लगायतका विश्व संस्थाहरुको सहआयोजनामा भएको हो ।
सन् २०११ मा जेनेभामा पहिलो र सन् २०१४ मा अमेरिकाको वासिङटनमा दोस्रो सम्पन्न सम्मेलनको सफलतापछि विश्व पुनरनिर्माण सम्मेलनको यो तेस्रो संस्करणको आयोजना गरिएको हो । सम्मेलनको गत मे २०१७ मा म्याक्सीकोमा सम्पन्न ग्लोवल प्लेटर्फ फर डिजाएस्टर रिस्क रिडुसन विषयक प्लाटफर्मसँग बलियो सम्बन्ध रहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल