आगलागीबाट तीन चौपायाको मृत्यु ,लाखौको क्षति

आगलागीबाट तीन चौपायाको मृत्यु ,लाखौको क्षति

– सन्जय मिश्र
जेठ २४, रौतहट – रौतहटको पुर्वी भेग बृन्दाबन गाउँपालिका स्थित गएराती एकघरमा आगलागी हुँदा दुई गोरुसहित तीन चौपायाको मृत्यु भएको छ ।

आगलागीबाट घरमा रहेको काठ लगायतका सामान जलेर लाखौको क्षति भएको छ ।

लामखुट्टे धपाउन बालिएको घुरबाट सल्किएर बृन्दाबन ८ का भोला पन्डित को घरमा गएराती २ बजे आगलागी भएको थियोे ।

आगलागी बाट घर गोठमा रहेको दुईवटा गोरु,एउटा् भैसिको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकृष्न भण्डारीले बताए ।

त्यसैगरी घरभित्र रहेको काठ लगायतका सामग्री जलेर चारलाख ३० हजार बराबरको क्षति भएको भण्डारीले जनाएका छन ।

असैई बिन्देश्वर राउतको कमान्डमा प्रहरी चौकी बिर्ता बाट गएको टोलि र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा भएको जिल्ला प्रहरी रौतहट ले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल