क्रियापुत्री आवासीय भवन निर्माण

क्रियापुत्री आवासीय भवन निर्माण

पाल्पा, २४ जेठ – पाल्पाको रामपुरमा क्रियापुत्री आवासीय भवन निर्माण गरिएको छ । क्रियापुत्री आवासीय भवन निर्माणका लागि रामपुर नगरपालिकाबाट ५० हजार अनुदान र स्थानीय बासिन्दाको ९७ हजार गरी कुल एक लाख ४७ हजारको लागतमा क्रियापुत्री आवासीय भवन निर्माण गरिएको गुरुप्रसाद रेग्मीले जानकारी दिए ।

रामपुर नगरपालिका–५ को पुरानो बेझाडबजारस्थित पुजेरी पँधेरामा क्रियापुत्री आवासीय भवन निर्माण गरिएको हो । यहाँ क्रियापुत्रीलाई बसोबासका लागि सहज होस् भन्ने उद्देश्यले भवन निर्माण गरिएको समितिका अध्यक्ष नगिलाल पौडेलले बताए ।

यस क्षेत्रमा क्रियापुत्रीका लागि छुट्टै भवन नहुँदा घर भाडामा बस्नेलाई काजक्रिया गर्न समस्या परेको थियो ।
रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल