नयाँ प्रधानमन्त्री चयन हुने दिन :नेप्सेको पारो चढ्यो

नयाँ प्रधानमन्त्री चयन हुने दिन :नेप्सेको पारो चढ्यो

काठमाडौं, जेठ २३–व्यवस्थापिका संसदवाट मुलुकले नयाँ प्रधानमन्त्री चयन गर्ने दिन आज नेपालको पुँजी वजारको पारो पनि उकालो लागेको छ । बजार खेलेदेखि यो समाचार वनाउँदा सम्म बजार दोहोरो अंकको वृद्धिमा अघि वढीरहेको छ ।
नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा मुलुकको नयाँ प्रधानमन्त्री निर्वाचित हुने दिन वजारले पनि उनलाई स्वागत गरेको छ । दिउँसो २ वजेर १५ मिनट जाँदा सम्म वजार २२ दशमलव ५२ अंकले वढेको छ । यो एक दशमलव ४१ प्रतिशतको वृद्धि हो । अहिलेसम्म नेप्से र सेन्सेटिप इन्डेक्स दुवै हरियो भएका छन् । वजारमा उत्पादनमुलक समूह वाहेक सवै सूचक हरियो भएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल