मानसिक स्वाथ्य सम्बन्धी समस्या जटिल बन्दै

मानसिक स्वाथ्य सम्बन्धी समस्या जटिल बन्दै

रुपन्देही २२ जेठ । पछिल्लो समयमा अन्य रोगको तुलनामा मानसिक समस्या बढदै गएको छ । नेपालमा अहिले बिभिन्न समस्या ताना तथा बैदेसीक रोगजार र बेरोजगार जस्ता समस्याको कारण यो समस्या दिनहु बढदै गएको एक कार्यक्रममा बताईएको छ ।
लुम्बिनी ग्रामिण विकास परिषद्को आयोजनामा सुद्धोधन गाउपालिका–५(साविक मानपकडी गाविस)मा एक दिने मानसिक स्वाथ्य सम्बन्धी सचेतानमुलक कार्यक्रम सहगाभि हरुले उक्त कुरा बताएका छन । उनीहरुले सरकारले ग्रामिणस्तरबाटै यो समस्या समाधान गर्न तर्फ लाग्नु पर्नै बताए ।

गाउपालिकाका करिव ५० जना महिला तथा पुरुषहरुकोसहभागीता रहेको कार्यक्रमको मंगलबार सुद्धोधन गाउपालिकाका प्रमुख कार्यकारी अधिकृत झविलाल भट्राईले पछिल्लो समयमा मानसिक स्वाथ्य सम्बन्धी समस्याहर जटिल बन्दै गएको भन्दै यसको सुरुवातति लक्षण देखि नै सावधान हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा मानपकडी स्वात्थ्य चौकीका सह ईन्चार्ज नरेश थान्चुले मानसिक समस्या आउदा वित्तीकै स्वाथ्य संस्था जानुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा बरिष्ठ मानसिक रोग प्रशिक्षक प्रेम सुवेदी, रमेश रिजाल, मानपकडी स्वासथ्य चौकीकी अनमी बसुन्धरा भुषाल लगायतले सहजीकरण गरेका थिए ।

कार्यक्रममा सहभागी सिता अधिकारी, संगम प्रसाद खनाल, लक्ष्मण थापा, मायादेवी चौधरी, जसवाला चौधरी, रमेश थारु, गुञ्जन थारु लगायतले मानसिक स्वाथ्य सम्बन्धी विविध धारणा राखेका थिए । लुम्बिनी ग्रामिण विकास परिषदका अध्यक्ष चन्द्रकान्त खनालको अध्यक्षतामा संस्थाका सदस्य धुब्रराज खनालको सञ्चालनमा भएको कार्यक्रममा प्रशिक्षक रमेश रिजालले स्वागत मन्तव्य राखेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल