मर्करीमुक्त स्वास्थ्य सेवा उपलव्ध गर्न माग

मर्करीमुक्त स्वास्थ्य सेवा उपलव्ध गर्न माग

काठमाडौ, जेठ २२ – वातावरणविद्हरुले मर्करीमुक्त स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग माग गरेका छन । उनीहरुले मर्करीयुक्त थर्मोमिटरको प्रयोगमा बन्देज लगाउने कानुन प्रभावकारी कार्यान्वयन गर्न नसकेकोमा सरकारको आलोचना समेत गरेका छन् ।

विश्व वातावरण दिवसको अवसर पारेर सोमबार काठमाडांैमा आयोजित एक कार्यक्रममा बोल्दै वातावरणविद् रामचरित्र साहले मर्करीले वातावरणलाई पानी र हावाको माध्यामबाट प्रदुषित गर्दै लैजाने भएकालेलाई त्यसलाई बन्देज लगाउने कानुन प्रभावकारीे कार्यान्वयन गर्न सरकारसँग माग गरे ।

उनले मर्करीको असरलाई बेलैमा न्यूनिकरण नगरे जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्दैै जाने चेतावनी पनि दिए ।
वातावरणविद्हरुले मर्करीको सम्पर्क भईरहे स्नायु प्रणाली, मृगौला, स्वास प्रश्वास र प्रजनन प्रणालीमा असर गर्दै मानव स्वास्थ्यलाई कमजोर बनाउने पनि स्पष्ट पारेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल