ह्वाटस्यापमा अब ९०० मिलियन प्रयोगकर्ता

  |   एजेन्सी

ह्वाटस्यापमा अब ९०० मिलियन प्रयोगकर्ता

whatsapp

लोकप्रिय इन्सट्यान्ट मेसेजिङ एप ह्वाटसस्यापले मासिक ९०० मिलियन प्रयोगकर्ता भएको तथ्याङक सार्वजनिक गरेको छ । कम्पनीका अध्यक्ष जैन कोमले भर्खरै यो तथ्याङक बाहिर निकालेका हुन् । गत फेवररीमा फेसबुकले ह्वाट्याप किनेपछि त्यसपछि यो एपमा भकाभक प्रयोगकर्ता बढ्न थालेका हुन् । मात्र छ महिनाभित्र ह्वाटस्यापले १०० मिलियन प्रयोगकता बढाएको थियो ।

फेसबुकपछि इन्सट्यान्ट मेसेजमा ह्वाटस्याप नै गनिने गरिएको छ । २०१५ सम्ममा फेसबुकले मासिक ७०० मिलियन भनदा बढि प्रयोगकर्ता हुने गरेको तथ्याङक सार्वजनिक गरेको थियो । ह्वाटस्यापको प्रतिस्प्रधी एपमा विच्याट , लाइन र ह्याङआउट छन् । विच्याट चिनमा लोकप्रिय छ भने लाइन जापानमा । तर यि दुबै एप कम्पनीले आफ्नो मासिक प्रयोगकर्ताको तथ्याङक सार्वजनिक गरेका छैनन् । ह्वाटस्यापबाट पहिले हर दिन २० बिलियन मेसेज पठाइन्थ्यो भने गत जनवरीबाट दैनिक ३० बिलियन मेसेज पठाइने गरेको कम्पनीले घोषणा गरेको छ । यसमा उपलब्ध फोन सेवा पनि उत्तिकै लोकप्रिय हुँदै गइरहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल