साताको कर्पोरेट बजार : ‘एनसेल’को फोरजीदेखि ओप्पोको ‘नेपाल आयडल’ प्रायोजनसम्म

साताको कर्पोरेट बजार : ‘एनसेल’को फोरजीदेखि ओप्पोको ‘नेपाल आयडल’ प्रायोजनसम्म

किरण ढकाल
काठमाडौं, जेठ २२–साताभर नेपालको कर्पोरेट वजारमा थुप्रै नयाँ प्रविधिको सुरुवातसँगै नयाँ र परिष्कृत सामानहरुको सार्वजनिक समेत भएको छ । जेठ १५ गतेदेखि यता मात्र नेपालको कर्पोरेट क्षेत्रमा थुप्रै त्यस्ता काम भए जसले आम उपोक्तालाई नगद छुट देखि उच्च गतिका नयाँ प्रविधिको उपभोग गर्न पाउने सोभाग्य पनि मिलेको छ ।
यो साता मात्र एनसेलका ग्राहकले बहुप्रतिक्षित चौथो पुस्ताको मोवाइल सेवा फोरजी- लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा लिन पाउने भए । लामो समय देखि रोकिएको फोरजी सेवा चल्ने भएपछि एनसेल ग्राहमा खुसीको वर्षा नै भयो । नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोवाइल भएका सबै एनसेल ग्राहकले बिहीबार (आज) बाट काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवाको प्रयोग गर्न सक्ने भएका छन् ।

फोरजी सेवाको लाभ लिन ग्राहकले आफूले प्रयोग गरीरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमागई फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सक्ने छन् । नयाँ ग्राहकले फोरजी सिमनै प्राप्त गर्ने छन् । नयाँ प्रविधिमा आधारित सेवा संचालनमा ल्याएको अबसरमा एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई ३ दिन समयावधी रहेको १ जिबी डेटा भोल्युम निःशुल्क प्रदान गर्ने, असार १६ गतेसम्म फोरजी सेवालिने ग्राहकले भर्खरै सार्वजनिक भएको योण्डर म्युजिक एपमा फोरजी सेवा लिएको ३० दिन सम्म निःशुल्क अनलाईन गीत सुन्न सक्ने छन् । 
यस्तै, केही महिना अघि मात्र नेपाली वजारमा भित्रिएको र रोमाञ्चक ढंगले वजार विस्तार गरिरहेको मोबाइल फोन ब्राण्ड ओप्पोले एउटा नयाँ थालनीको घोषण पनि यहि साता गरेको छ । अन्तर्राष्ट्रिय फ्रान्चाइज टेलिभिजन शो ‘नेपाल आयडल’लाई अन्तर्राष्ट्रिय व्राण्ड ओप्पोले प्रायोजन गर्ने घोषणा गरेको हो ।

‘हामी विज्ञापनका लागि मात्र प्रायोजन गर्न चाहदैनौँ, हाम्रो लगानीले देशमा रहेका समस्या केही मात्रामा भएपनि समाधान होस् भन्ने हो’, ओप्पोले आधिकारिुक रुपमा भनेको छ ।

यस्तै कर्पोरेट वजारमा यो साता आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्तीको नतिजा सार्वजनिक भएको छ । आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा शैक्षिक सत्र– २०७३ ‘आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ती’ सार्वजनिक गरेको हो ।

सार्वजनिक, नीजि तथा सामुदायीक विद्यालयमा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार तथा मेहनती विद्यार्थीबाट प्राप्त भएका सदर आवेदनका आधारमा एक शैक्षिक सत्र अथवा शैक्षिक सत्र २०७३ का लागिछात्रवृत्ती प्रदान गरिएको हो ।

आईएमई लिमिटेड एवम् ग्लोबल आईएमई बैंकबाट व्यवस्थापन मिलाईने कुल दश लाख छात्रवृत्ती कोषबाट एक शैक्षिक सत्रका लागि एक सय जना विद्यार्थीलाई गत शैक्षिक सत्रदेखि नै छात्रवृत्ती प्रदान गर्दे आएको छ । जस्को नतिजा पनि यहि साता प्रकाशित भयो । यस्तै, आइएमईले रमजान पर्वको अवसरमा कतारस्थित कतार युएई एक्सचेन्जका निश्चित शाखा मार्फत आईएमईबाट नेपाल पैसा पठाउनेलाई घडी उपहार दिने घोषणा गरेको छ । प्रथम कारोबारमा सेवाग्राहीले एउटा कुपन प्राप्त गर्ने र त्यही कुपन देखाएर तेस्रो कारोबार गरेमा घडी प्राप्त गर्ने जनाइएको छ । यो योजना मे २८ देखि जुलाई २८ सम्म दुई महिना लागु हुने कम्पनीले जनाएको छ ।


यहि साता फुटवयर ब्राण्ड शिखर सुजले क्रेजी सेल मेला राजधानीको भृकुटीमण्डपमा शुरु गरेको छ । बजारमा विदेशी जुत्ताको प्रतिस्थापन गर्ने रणनीति अनुसार अघि वढीरहेको कम्पनीले मेलामा १५ देखि ८५ प्रतिशतसम्म छुट प्रदान गरिएको छ । मेलामा एक सय देखि माथिका जुत्ता चप्पल विक्रिमा रहेका छन् ।

कर्पोरेट बजारमा यो साता महिन्द्राको ‘चिन्ताहरुको एक्स्चेन्ज, निश्चिन्ततासँग’ अफर सुरु भयो । महिन्द्रा टु–व्हीलर्स्को आधिकारिक वितरक तथा महिन्द्रा बाइक, स्कुटरको विक्रेता अग्नि मोटो इन्कले महिन्द्रा टू व्हीलर एक्स्चेन्ज क्याम्प योजना ल्याएको हो । एक्स्चेन्ज गरी ग्राहकले ४ सय प्रतिशत बोनस क्यास ब्याक नामक अफरको पनि लाभ उठाउन सक्ने जनायो ।
यता शिवम् सिमेन्टले केएनपी महिला भलिबलको प्रायोजन गर्ने घोषणा गरेको छ ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जेठ २३ गतेदेखि सुरु हुने प्रतियोगितामा शिवम् सिमेन्टले सह–प्रायोजन गर्न लागेको हो । सन्राइज बैंकले मकवानपुरको हेटौंडामा शाखा स्थापना, एलिकाका सामाग्री सार्वजनिक पनि यअि सातामा भए ।

सिजीको सहायक कम्पनीका रुपमा रहेको इओएल प्रालिले स्वस्थकर, सफा र सुरक्षित भान्साका लागि एलिका स्टाइलिस चिम्नी हुड सार्वजनिक गरेको हो ।

यस्तै, नयाँ महिन्द्रा ‘केयुभी १००’ सार्वजनिक भएको छ । अग्नि इन्कर्पाेरेटेडले लोकप्रिय कम्प्याक्ट् एसयुभी महिन्द्रा ‘केयुभी १००’ को नयाँ मोडल नेपालमा ल्याएको हो । उक्त नयाँ गाडीले आकर्षक स्टाइलका साथै नयाँ प्रिमियम तथा एक्स्ट्रा फ्रन्ट स्पेश भएको स्पेशियस इन्टिरियर रहेको जनाइएको छ ।

हाईसेन्स २०१८ फिफा बिश्वकपको आधिकारीक प्रायोजक गर्ने, आशा लघुवित्त वित्तीयको एकै दिन १३ वटा शाखावाट कारोवार सुरुवात पनि यहि साता भयो । लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै दिन चन्द्रपुर– रौतहट, परवानीपुर–पर्सा, कोल्हवी–वारा, हरिवन–सर्लाही, बस्तीपुर–मकवानपुर, खुरखुरे–चितवनमा नयाँ शाखा स्थापना गरेको हो । यस्तै, खजुरा–बाँके, मैनापोखर–बर्दिया, गुलरिया–बर्दिया, राजापुर–बर्दिया, बौनिया–कैलाली, बिर्घा–स्याङजा, हेम्जा–कास्कीमा पनि नयाँ शाखा सुरु गरेको आशा लघुवित्तले जनाएको छ ।

एभरेष्ट बैंक र वेस्ट रेमिटबीच रेमिट्यान्स सहकार्य, लुम्बिनीमा ग्लोबल आइएमई बैंकको एटीएम लन्च, चितवन र पोखरामा नेपाल एम्बुलेन्स सर्भिसको सेवा विस्तार र ज्योति विकास बैंकको एकैसाथ ३ शाखा स्थापना पनि यहि सातामा भएका छन् ।

यस्तै अर्को महत्वपूर्ण काम दुरसञ्चार प्रदायक कम्पनी एनसेलले १३ अर्ब ६० करोड रुपैयाँ पुँजीगत लाभकर समेत यहि साता चुक्ता गरेको छ । ठूला करदाता कार्यलयको निर्देशन बमोजिम बिक्रेताको तर्फबाट थप अग्रिम कर १३ अर्ब ६० करोड दाखिला गरको हो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल