एनसेलको पुँजीगत लाभकर : ‘कानुनको परिपालना गरेका छौं’ – पर्किन्स

एनसेलको पुँजीगत लाभकर : ‘कानुनको परिपालना गरेका छौं’ – पर्किन्स

काठमाडौं, जेठ २२ –एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले कम्पनीले सधै नेपालको कानुनको परिपालना गरेको बताएका छन् । ठूला करदाता कार्यलयको निर्देशन बमोजिम बिक्रेताको तर्फबाट थप अग्रिम कर १३ अर्ब ६० करोड दाखिला गरेपछि उनले सो कुरा वताएका हुन् ।

उनले भनेका छन –‘एनसेलले सँधै नेपालका कानुनको परिपालना गरेको छ, आफ्नो कर दायित्वको परिपूर्तिका सम्बन्धमा प्रत्येक पटक सुशासन तथा परिपालनाको उच्च मापदण्ड अभ्यास गरेको छ ।’ समृद्धिका लागि कटिवद्ध एक जिम्मेवार कर्पोरेट नागरिकको आफ्नो उच्च छविलाई कायम राख्दै एनसेलले यस बिषयका सम्पुर्ण मामिलालाई सल्टाउन तथा निष्कर्षमा पु¥याउन सरकारलाई आफ्नो सम्पुर्ण सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरेको छ ।

पर्किन्सले सरकार तथा ठूला करदाता कार्यालयले लाभकरको बिषयको निराकरण तथा टुंगोमा पु¥याउन प्रदान गरेका सहयोगका लागि धन्यवाद दिएका छन् । एनसेलले अब आफ्नो ध्यान लगानी तथा सेवा विस्तारमा, विशेष गरेर फोरजी विस्तारमा निर्वाद रुपमा लगाउन पाउने र डिजीटल अर्थतन्त्रलाई फड्को मार्न सघाउने उनले बताए ।

एनसेल प्राईभेट लिमिटेड (एनसेल) ले आफ्नो भुतपूर्व लगानीकर्ता टेलियासोनेरा नर्वे नेपाल होल्डिङ्ग एएसद्धारा गरिएको अप्रत्यक्ष बिक्रीसँग सम्बन्धित कर (लाभकर) भुक्तानी गरेको ठूला करदाता कार्यलयले पुष्टी गरेको भन्दै पर्किन्सले कम्पनीले आफ्ना ग्राहप्रति जिम्मेवार रहेको वताएका छन् ।

ठूला करदाता कार्यलयको निर्देशन बमोजिम बिक्रेताको तर्फबाट थप अग्रिम कर १३ अर्ब ६० करोड दाखिला गरी उक्त करको बिषय निष्कर्षमा पु¥याएको पुष्टि गरेको ण्हो । एनसेलले हालसम्म गरेको कुल अग्रिम दाखिलाको आधारमा ठूला करदाता कार्यलयले आइतबार एनसेललाई पठाएको पत्रमा कम्पनीले आयकर ऐन २०५८ को दफा ९५ (क) बमोजिम अग्रिम कर दाखिलाको निर्देशन पूर्णरुपमा पालना गरेको प्रमाणिकरण गर्दै यससँगै आयकर ऐन २०५८ अन्तर्गत पुँजीगत लाभकर आकर्षण गरेको उक्त कारोबारको सम्बन्धमा एनसेलले पूर्णरुपमा भुक्तानी गरेको प्रमाणित गरेको कम्पनीले जनाएको हो ।

एनसेल यस कारोबारको संलग्नपक्ष नरहेको, कम्पनीले उक्त कारोबारमा कुनै भुक्तानी तथा प्राप्त नगरेता पनि कम्पनीले कर दाखिला गरि लाभकरको बिषयलाई टुंगोमा पु¥याउनु कम्पनीको नेपालमा निरन्तर सेवा प्रदान गर्दै योगदान गरिरहने प्रतिवद्धताको एक पाटो भएको जनाइएको छ ।
नेपालको दूरसञ्चार पूर्वाधार विकास तथा नेपाली नागरिकलाई उच्च गुणस्तरीय सेवा सुनिश्चित गर्न कम्पनीले आक्रामक रुपमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै कम्पनी आफ्ना कर्मचारीको परिवार, डिलर, डिष्ट्रिब्युटर, व्यावसायिक साझेदार तथा विशेष गरेर आफ्ना एक करोड ५० लाख भन्दाबढी ग्राहकलाई बहु लाभ प्रदान गरिरहन प्रतिबद्ध रहेको जनाएको छ ।

कम्पनी संचालनको १३ वर्ष (आर्थिक वर्ष २०६१÷६२ देखि जेठ १८ गतेसम्म) मा सरकारलाई विभिन्न शिर्षकमा १ खर्ब ६० अर्ब भन्दाबढी राजश्व योगदान पु¥याएको एनसेल देशकै सबैभन्दा ठूलो करदातामा पर्ने जनाएको छ ।

एनसेलले नेपालको कुलग्राहस्थ उत्पादनमा ३ दशमलब २ प्रतिशतको योगदान पु¥याउँछ । सन् २०१६ मा कम्पनीको संचालन तथा पूँजीगत लगानी २५ अर्ब ८० करोड भन्दाबढी रहेको छ । आफ्नो व्यवसाय संचालनमार्फत एनसेलले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा करिब एक लाख १० हजार रोजगारी योगदान गरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल