सक्रान्ति बजारमा विद्युत् विस्तार, स्थानीय हर्षित

सक्रान्ति बजारमा विद्युत् विस्तार, स्थानीय हर्षित

तेह्रथुम, २२ जेठ । तेह्रथुमको पूर्वी क्षेत्रको पुरानो तथा ऐतिहासिक व्यापारिक केन्द्र सक्रान्ति बजारमा शनिबारबाट विद्युत् विस्तार भएको छ । लामो प्रयासपछि बल्ल बजारमा विद्युत् विस्तार हुँदा स्थानीय हर्षित भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले सक्रान्ति बजारका ७९ घर र छ वटा कार्यालयमा विद्युत् जडान गरेर बत्ती बालेको इन्जिनियर दीपक दाहालले बताए । आठराई गाउँपालिकाको केन्द्रसमेत सक्रान्ति बजारमा प्राधिकरणले जिरिखिम्ती वितरण केन्द्रमा रहेको ३३ केभीए ट्रान्सफर्मरबाट मोराहाङ, पोक्लाबाङ, इसिवु हँुदै जम्दार डाँडामा ११ केभीए ट्रान्सफर्मर राखेर बजारमा विद्युत् सुविधा पु¥याएको हो ।

तर इसिवुदेखि सक्रान्ति बजारसम्मका पूरै गाउँमा अझै पनि विद्युतीकरण गरिएको छैन । गाउँपालिकाका सबै वडामा विद्युत् सेवा पुगेको छैन । यसअघि सोलार प्रविधिबाट दैनिक कार्य सञ्चालन गर्दै आएका स्थानीयले केन्द्रीय प्रसारण लाइनको बत्ती बाल्न पाउने भएपछि हर्षित भएका हुन् ।

विद्युत् सुविधा आएपछि सक्रान्ति बजारमा रहेका इलाका प्रशासन, गाउँपालिका कार्यालय, मालपोत, नापी, बैंक तथा वित्तीय संस्थालाई पनि सेवा प्रवाह गर्न सहज भएको छ । वर्षौंपछि बल्ल विद्युतीकरण भएकाले बजारवासी खुसी भएको स्थानीय भोला काफ्लेले बताए ।

“अब बजारमा उद्योग व्यवसाय फस्टाउने आशा गरिएको छ, विद्युतले थुप्रै व्यवसाय सञ्चालन गर्न सहयोग गर्ने छ, सक्रान्ति उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रेम पौडेलले भने । विद्युत् नहुँदा छानामाथि ससाना सोलार राखेर व्यवसाय चलाइरहेका व्यापारी र व्यवसायीलाई विद्युतीकरणबाट राहत मिलेको पौडेलले बताए ।

विद्युत् विस्तारका लागि बजारवासीले श्रमदान र नगद सहयोग समेत गरेका छन् । बजार क्षेत्रमा विद्युतीकरणका लागि उद्योग वाणिज्य सङ्घ उपशाखा सक्रान्ति बजारले अगुवाइ गरेको थियो । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल