अग्निपीडितलाई सुधारिएको चुलो

अग्निपीडितलाई सुधारिएको चुलो

इनरुवा, २२ जेठ – सुनसरीको श्रीपुरजद्वीका अग्निपीडितलाई सुधारिएको चुलो वितरण गरेको छ ।

जिल्ला समन्वय समितिको सहयोगमा यहाँका अग्निपीडितलाई सुधारिएको चुलो वितरण गरेको कोसी गाउँपालिकाको संयुक्त वडा कार्यालय खरिदार देवनारायण लहुटीयले जानकारी दिए ।

कोसी गाउँपालिकाको श्रीपुरजद्वीका ४५ अग्निपीडितलाई सुधारिएको चुलो वितरण गरिएको हो । उनीहरुलाई धुवाँ कम आउने र छिटो रुपमा खाना पकाउन सहज होस् भनेर चुलो वितरण गरिएको बताइएको छ ।
रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल