लागुऔषधसहित दुई युवा पक्राउ

लागुऔषधसहित दुई युवा पक्राउ

नवलपरासी, २२ जेठ – नवलपरासीमा इलाका प्रहरी कार्यालय नवलपुरले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–८ मा यात्रुबाहक बसबाट लागुऔषधसहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवन रत्ननगर–१२ बस्ने वर्ष २५ का गोविन्द प्रधान र काठमाडौँ–१७ क्षेत्रपाटी बस्ने वर्ष २२ का रोहन माली छन् ।

उनीहरुलाई आइतबार नवलपरासीको त्रिवेणीबाट काठमाडौँ जाँदै गरेको लु १ ख ७९४५ नम्बरको यात्रुबाहक बसबाट लागुऔषधसहित पक्राउ गरिएको हो । उनीहरुको साथबाट नाइट्रोभेट ३०० ट्याबलेट, फेनेरागन २२, डाइजापाम २२ र ३ वटा सिरिन्ज बरामद गरिएको छ ।
रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल