ज्येष्ठ नागरिकद्वारा जनप्रतिनिधिको स्वागत

ज्येष्ठ नागरिकद्वारा जनप्रतिनिधिको स्वागत

बागलुङ, २२ जेठ – ज्येष्ठ नागरिक जिल्ला सङ्घ र राधाकृष्ण मन्दिर सेवा समितिले बागलुङ नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई स्वागत गरेको छ ।

आइतबार आयोजित एक समारोहमा प्रमुख जनक पौडेल, उपप्रमुख सुरेन्द्र खड्का र वडा नं ३ का अध्यक्ष लक्ष्मी बास्कोटालाई स्वागत गरिएको हो । सो अवसरमा बोल्दै तीनै जना निर्वाचित जनप्रतिनिधिले बागलुङलाई समृद्ध सहर बनाउने सङ्कल्प गरे ।

चुनावका बेला गरेका प्रतिबद्धतालाई पूरा गर्दै अघि बढ्ने प्रमुख पौडेलले बताए । उनले ज्येष्ठ नागरिकका पक्षमा बनेका ऐन, नियमको प्रभावकारी कार्यान्वयनमा जोड दिने उल्लेख गरे ।
उपप्रमुख खड्काले ‘हाम्रो बागलुङ, राम्रो बागलुङ’ बनाउने प्रतिबद्धता व्यक्त गरे । सबै खाले विकासका दृष्टिबाट बागलुङलाई समृद्ध बनाउने योजना आफूहरुसँग रहेको उनको भनाइ छ ।

वडा अध्यक्ष बास्कोटाले ज्येष्ठ नागरिकको लागि विशेष व्यवस्थाका साथै सामाजिक सुरक्षालाई प्राथमिकता दिइने उल्लेख गरे ।

कार्यक्रममा सहभागी ९६ वर्षीय लालबहादुर थापालगायतका ज्येष्ठ नागरिकले आफ्ना जनप्रतिनिधिलाई पुष्पगुच्छाले स्वागत गरेका थिए ।
रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल