पोखरा, २२ जेठ – नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) पोखराले पोखरा उपत्यका नगर विकास समितिका नवनियुक्त अध्यक्ष सुन्दरकुमार श्रेष्ठ र पोखरा लेखनाथ महानगरपालिका–६ का नवनिर्वाचित वडा अध्यक्ष जगतबहादुर पहारीसहितका जनप्रतिनिधिलाई आइतबार सम्मान गरेको छ ।
नवनियुक्त अध्यक्ष श्रेष्ठ एवम् नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्दै नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) पोखराका अध्यक्ष सोम थापाले पोखरालाई विश्वको उत्कृष्ट गन्तव्य बनाउन नवनियुक्त अध्यक्ष श्रेष्ठ र नवनिर्वाचित जनप्रतिनिधिको महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले पोखरालाई अन्तर्राष्ट्रियस्तरको सहर बनाउन सबै राजनीतिक दल, नागरिक समाजसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।
पोखरा लेखनाथ महानगरपालिका–६ का नवनिर्वाचित अध्यक्ष जगतबहादुर पहारीले पोखराको मुख्य पर्यटकीय आकर्षण फेवाताल–६ नं वडामा नै पर्ने भएकाले यसको संरक्षण र विकासका साथै यस क्षेत्रको विकासका लागि आफू सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले समृद्ध पोखराको निर्माणका लागि सम्पूर्ण पोखरेलीको सहकार्य र एकता आवश्यकता रहेकोमा जोड दिए ।
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन प्रदेश नं ४ का अध्यक्ष गोविन्द पहारीले विकास निर्माणका लागि राजनीतिबाट माथि उठ्नु पर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य अग्नी कँडेल, निट पोखराका सल्लाहकार निलकण्ठ शर्मा र लक्ष्मीबहादुर भट्टराई, वरिष्ठ उपाध्यक्ष शिवराज अधिकारी, उपाध्यक्ष पशुपति शर्मा, नवनिर्वाचित वडा सदस्य हरिकृष्ण पहारी, पुण्य पहारी र राममाया विकलगायतले सुन्दर पोखराको निर्माणमा सबैको साथ र सहकार्य आवश्यक हुनेमा जोड दिए ।
रासस
इलाम, जेठ २८ – पर्यटकीय क्षेत्र इलाममा यो वर्ष ६४ हजार पर्यटक भित्रिएका छन् । पर्यटन सूचना केन्द्रका अनुसार गए..
दोलखा, जेठ २८ – दोलखा जिरी नगरपालिकाका प्रमुख टङ्क जिरेलले जिरीको पर्यटन विकासका लागि केबुलकारदेखि नगर बससम्म ..
काँकडभिट्टा, २७ जेठ – पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउन उत्तरपूर्वी भारतका पर्यटन व्यवसाय..
तेह्रथुम, २३ जेठ । बर्सेनि ठूला लगानीका होटल खुल्ने लहर चलेको छ । पर्यटकलाई लक्षित गरी जिल्लाका विभिन्न बजारमा..
म्याग्दी, २३ जेठ – म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको ‘लभ्ली हिल’ लाई आन्तरिक तथा बाह्य पर्यटकको र..
म्याग्दी, २२ जेठ – निलगिरि हिमालको काखमा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र खयरबराह..
पर्वत, २० जेठ – फलेवास नगरपालिका–१ कार्कीनेटाको रातामाटादेखि कार्कीनेटा बजारसम्मको पदमार्ग निर्माण सुरु ..
काठमाडौं, १९ जेठ । नेपाल क्यानोनिङ एसोसिएसनले नुवाकोटको भुलभुले झरनामा तेस्रो क्यानोनिङ (छाँगावरोहण) महोत्सव ग..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..