कांग्रेसलाई जिताउन तरुण दलको प्रतिबद्धता

कांग्रेसलाई जिताउन तरुण दलको प्रतिबद्धता

काठमाडौं, जेठ २१ – असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेसलाई जिताउन उसको भातृ संगठन नेपाल तरुण दल डटेर अघि बढ्ने जनाएको छ । दलका अध्यक्षद्धारा हस्ताक्षरित आज जारी विज्ञप्ति अनुसार जुन सुकै परिस्थितिको सामाना गरेर लोकतन्त्रको मुल्य मान्यताको संरक्षण पक्षमा रहेको समेत जनाएको छ ।

पछिल्लो समय एमालेले अराजनीतिक र अराजक एवम लोकतन्त्रको मुल्य मान्यता विपरित संसद बहिष्कार गरेर खिल्ली उडाएको समेत जनाएको भन्दै खेद प्रकट गरेको छ । माले, मसाले र मण्डले तत्वहरुसंग साँठगाठ गरी गरिएको उक्त अवरोध हटाउन र लाखौ तरुणहरुको वलीदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयनमा लाग्न नेपाल तरुण दल सम्वन्धित पक्षलाई जोडदार आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।

 

पढ्नुस विज्ञप्तिको पुर्ण पाठ:
२०७४।०२।२१
प्रेस विज्ञप्ती

नेपाल तरुण दल केन्द्रीय समिति वर्तमान राजनीतिक विषयमा तपशिल बमोजिम आफ्नो धारणा प्रस्तुत गर्दै लोकतन्त्रको मुल्य मान्यताको संरक्षणमा जस्तो सुकै परिस्थितिको पनि डटेर सामना गर्ने र २०७४ असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनमा नेपाली काँग्रेस पार्टीलाई एकतावद्ध भएर जिताउन लाखौ तरुणहरुका विच अभियानका साथ अघि बढ्ने प्रतिवद्धता यसै विज्ञप्ती मार्फत जानकारी गराइन्छ ।
१. देशमा नयाँ सरकार गठनको प्रकृया सुरु भई भावि प्रधानमन्त्रीको लागि उम्मेद्वारी समेत दर्ता भइसकेको अवस्थामा नेकपा एमालेले अराजनीतिक र अराजक एवम लोकतन्त्रको मुल्य मान्यता विपरित संसद वहिस्कार गरी सम्पूर्ण संसदीय प्रकृयालाई अवरुद्ध पारेकोमा नेपाल तरुण दल खेद प्रकत गर्दछ । माले, मसाले र मण्डले तत्वहरुसंग साँठगाठ गरी गरिएको उक्त अवरोध हटाउन र लाखौ तरुणहरुको वलीदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयनमा लाग्न नेपाल तरुण दल सम्वन्धित पक्षलाई जोडदार आग्रह गर्दछ ।
२. नेपाल तरुण दलले देशका तरुण युवा लगायत सम्पूर्ण जनसमुदायहरुमा सही समाचार सम्प्रेषण गर्न संचार क्षेत्रका सम्पूर्ण विधि÷प्रकृयाहरुलाई व्यापक र प्रभावकारी ढंगबाट उपयोग गर्ने वातावरण सृजना गर्न दलका कोषाध्यक्ष श्री विद्वान गुरुङ्गको समन्वयमा कार्य गर्ने गरी दलका काठमाण्डौ जिल्ला अध्यक्ष श्री कृष्ण जी खड्का र ललितपुर जिल्ला अध्यक्ष श्री शिवराम महर्जन रहनु भएको एक टास्क फोर्स गठन गरियो ।
३. २०७४ बैसाख ३१ गते भरतपुर महानगरपालिकामा निर्वाचन सम्पन्न भई मत गणनाको क्रममा मत नष्ट हुन गई गणना कार्य अवरुद्ध भएको उक्त महानगरपालिका वडा नं. १९ को निर्वाचन पुनः गराउने निर्वाचन आयोगको निर्णयलाई नेपाल तरुण दल स्वागत गर्दै सो स्थानमा नेपाली काँग्रेसका उमेद्वारहरुलाई अत्याधिक बहुमतले विजयी गराउन तरुण दलका सम्पूर्ण सदस्यहरुलाई अभियानका साथ निर्वाचन प्रचार प्रसारमा लाग्न यसै विज्ञप्ती मार्फत निर्देशन गरिन्छ ।
४. २०७४ बैसाख ३१ गते सम्पन्न भएको पहिलो चरणको स्थानीय निर्वाचनमा आ–आफ्नो स्थानमा विजय हासिल गरी पाटीको झण्डा फहराउन सफल लोकतन्त्रका पहरेदार, शान्ति र समृद्धिका वाहक नेपाली काँग्रेसका नेता साथीहरुलाई हार्दिक वधाई ज्ञापन गर्दै नेपाल तरुण दल सुखद कार्यकालको लागि यसै विज्ञप्ती मार्फत शुभकामना दिन चाहन्छ ।
जय नेपाल ।

जित जङ्ग बस्नेत
अध्यक्ष

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल