मादी नदीमा डुवेर अहमददिन मियाँको मृत्यु

मादी नदीमा डुवेर अहमददिन मियाँको मृत्यु

किरण श्रेष्ठ

दमौली, जेठ २१– मादी नदीमा डुवेर आइतवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुने भानु नगरपालिका वडा नं १३ निवासी ३७ वर्षीय अहमददिन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

२, ३ दिनअघि घरबाट निस्केका मियाँ शिशाघाटस्थित मादी नदीमा डुबेर मृत्यू भएको अवस्थामा भेटिएको हो । मृतकको शव पोष्टमार्टमको लागि दमौली अस्पतालमा राखिएको छ ।

पारिवारिक स्रोतका अनुसार मियाँमा केहि मानसिक असन्तुलन रहेको थियो । मादी नदीमा यसअघि पनि मानिसहरुको डुबेर मृत्यु हुने गरेको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल