लण्डन – इङल्याण्डको कोर्नवाल काउन्टीका भिख माग्दै हिँड्ने एक भिखारीले महंगो कार चढ्ने गरेको सार्वजनिक भएपछि स्थानीयहरु रुष्ट देखिएका छन् । भिख मागेर गुजारा चलाउने माथियु ब्रिटोनले अडि टिटी कार किनेपछि स्थानियहरु उनीसँग रुष्ट देखिएका हुन् । ब्रिटोन यस क्षेत्रमा चिनिएका मगन्ते हुन् । उनले वषौदेखि यस क्षेत्रमा माग्दै आएका थिए । तर पछिल्लो समय ब्याङक स्ट्रिट नजिक ७० हजार अमेरिकी डलर पर्ने कारमा उनी बसेको भिडियो फेसबुकमा शेयर भएपछि उनलाई स्थानियहरुले ज्यान मार्ने धम्की समेत दिएका छन् ।
३५ वर्षका माग्ने ब्रिटोनले भने यो कार आफ्नी हजूरआमाको रहेको र अंशबापत पाएको बताएका छन् । उनले सामाजिक सञ्जालमा शेयर भएपछि यो कार चोरी भएको र ज्यान मार्ने धम्की आएका कारण डर लागेको प्रतिक्रिया दिएका छन् । ‘मैले कुनै पनि समाजिक सञ्जाल हेरेको छैन् किनकी इन्टरनेटमा मेरो पहुँच छैन् । तर प्रहरीका अनुसार मलाई ज्यानको खतरा छ । मानिसहरुले विभिन्न अनुमान लगाएर मलाई दुव्यर्हार गरेका छन् । ’
गत फेब्रुअरी १८ मा फेसबुकमा उनले कार चढेको भिडियो सार्वजनिक हुनासाथ नाकारात्मक कमेन्टहरुको ओइरो लागेको थियो । उनलाई पैसा दिने व्यक्तिहरुले आफू ठगिएको भन्दै उनको सत्तोसराप गरेका थिए । ‘ मलाई अचम्म लागिरहेको छ कि एक वृद्धले समेत उनलाई ४० पाउन्ड दिएका थिए । उनले हामीलाई गरिबीको नाममा ठगेका रहेछन्,’– फेसबुकमा एक व्यक्तीले लेखेका छन् । त्यस्तै अर्का व्यक्तिले लेखेका छन्–‘मेरो ८ वर्षको छोराले भनेपछि मैले उनलाई पानी र तातो खानेकुरा दिने गरेको थिएँ । मेरा दुई छोराले ठगिएको महसुस गरे । तर ,मैले प्राय घरबारविहिनहरु उनीजस्तो फटाहा हुदैँनन् भनेर छोराहरुलाई संझाएको छु ।’
स्थानिय प्रहरीले भने ब्रिटोन ठग नभएको जनाएको छ । प्रहरीले उनले आफ्नो आफन्तको निधनपछि पर्याप्त पैसा पाएपनि सबै पैसा सकिसकेको बताएको छ । प्रहरीले उनीसँग अहिले पैसा पनि नरहेको बताएको छ । प्रहरी इनिस्पेक्टर डेम मेरिडिथले उनलाई ज्यान मार्ने धम्की आएका कारण सर्तक रहन आग्रह गरेको बताए । डेम भन्छन्–‘यो केस आफैमा दुखद छ । हामीले वर्षौदेखि उनलाई चिनेका छौ र उनी ठग होइनन् ।’
एजेन्सी जेठ २७ – तपाईंले साउदी अरबका धनाढ्यबारे थुप्रै कहानी सुन्नुभएको होला । आजकाल इन्टरनेटमा साउदी अरबका रा..
बोर्ड पाण्डा जेठ २४ – उत्कृष्ट फोटोका पछाडि दक्ष र रचनात्मक फोटोग्राफरको हात हुन्छ तर उनीहरु कतिसम्मको रचनात्म..
एजेन्सी जेठ २४ – हामीमध्ये केहीले विमानमा यात्रा गरेका छौं । तर विमानसँग जोडिएका केही तथ्य यस्ता पनि छन् जसबार..
एजेन्सी जेठ २४ – टेक्सासको एक प्राइमरी स्कूलका शिक्षकले ९ वर्षीया बालिकालाई आइप्याडमा पोर्नोग्राफी सर्च गरिरहे..
अडिटी सेन्ट्रल जेठ २१ – २८ वर्ष अघि, मेड्रिडकी कार्मेन जिमेनेज आँखाको भयानक संक्रमणका कारण दृष्टिविहिनी भइन् ।..
लण्डन – घरभित्र साङ्ला निकै सजिलै पाइन्छन् । यो शरिरका लागि हानिकारक मानिने भएकाले यसलाई हटाउन विभिन्न ..
एजेन्सी जेठ १८ – समय र एंगल मिलेका तस्बिर उत्कृष्ट हुन्छन् । परफेक्ट टाइमिङ र सही एंगलले तस्बिरलाई निकै राम्रो..
एजेन्सी जेठ १७ – एक समूहले रुसको सेन्ट पिटर्सबर्गको उजाड स्थानमा एक अर्ब रुबेल (रुसी मुद्रा) भेटेका छन् । अहिल..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..