एक बर्षमै खुल्ने भयो पूर्वाधार विकास बैंक, तीन वटा कोष गाभिने

एक बर्षमै खुल्ने भयो पूर्वाधार विकास बैंक, तीन वटा कोष गाभिने

काठमाडौं, जेठ १७–ठूला आयोजनामा पुँजी जुटाउन तथा लगानीलाई सुनिश्चित गर्न सरकारले एक बर्ष भित्रै पूर्वाधार बिकास बैंक स्थापना गर्ने भएको छ । आर्थिक बर्ष २०७४÷०७५ को वार्षिक बजेटमा मिति तोकेरै सरकारले पूर्वाधार बिकास बैंक स्थापना गर्ने निर्णय लिएको हो ।
खासगरि, उर्जा क्षेत्रमा लगानी वढाउन यो बैंक स्थापनाको परिकल्पना गरिएको हो । निजी क्षेत्रको समेत प्रस्तावमा विगतमै पूर्वाधार विकास बैंक स्थापना गर्ने रणनीति सरकारले लिएको थियो । तर, प्रभावकारी रुपमा काम भने अघि वढेको थिएन । वर्तमान सरकारले वजेटमै व्यवस्था गरेपछि अव भने एक बर्षमै बैंक स्थापना हुने आशा बढेको छ ।
केन्द्रिय बैंकको स्वीकृतीमा उसैको नियमन रहनेगरि पूर्वाधार विकास बैंक स्थापना हुने छ । यसका लागि निजी क्षेत्रसँग समेत सहकार्य रहने अर्थमन्त्रालयले जनाएको छ । बैंकको चुक्ता पुँजी कति रहने भन्ने यकिन नभएपनि विगतमा राष्ट्र बैंकले दिएको सुझाव अनुसार न्युनतम २० अर्ब रुपैयाँ पुँजी रहने छ । यसका लागि विदेशी बैंकहरुसँग पनि साझेदारी रहने जनाइएको छ ।
यस्तै, सरकारले ठूला आयोजनामा लगानीको भरपर्दो स्रोत जुटाउन अहिले बैंकमै थन्किएर रहेको तीन वटा कोषको भरपर्दो लगानी गर्ने रणनीति समेत लिएको छ । युवा स्वरोजगार कोष, ग्रामिण स्वलम्वन कोष र पुनरुद्धार कोषमा अहिले पनि अर्बौ रकम थन्किएर रहेको छ । यी तीनवटै कोषलाई एक आपसमा गाभ्ने (मर्जर) योजना पनि सरकारले वजेट मार्फत ल्याएको छ । ‘तीनवटा कोषलाई मर्ज गरेर प्रभावकारी संस्था स्थापना हुने छ’, वजेटमा अर्थमन्त्री महराले भनेका छन् ।
विगतमा समेत यी कोषको रकम सही सदुपयोग गर्न माग हुदै आएको थियो । सरकारको स्वामित्तवमा रहेका यस्ता कोषको रकम बैंकमा न्युन ब्याजमा रहेका छन् । यस्तै, अर्को कोष कामदार कल्याणकारी कोषको अर्बौ रकम पनि बैंकमा रहेको छ । वैदेशिक रोजगारीमा जाने युवाले विदेश जानुपूर्व कोषमा एक हजार रुपैयाँ योगदान गर्नुपर्ने व्यवस्था छ । रोजगारीका लागि विदेसिएकाले राखेको सो कोषमा अहिले अर्बौ रुपैयाँ छ । त्यो रकम वैदेशिक रोजगार प्रवद्र्धन वोर्ड अन्र्तगत छ । त्यसको रकम विदेशमा मृत्यु हुने, घाइते हुनेका परिवारलाई आर्थिक सहायता, कर्मचारीको विदेश भ्रमणमा मात्र खर्च भैरहेको छ । तर, निश्चित रकम कोषमा राखेर जलविद्युत आयोजनामा कामदारकै सेयर रहने गरि लगानी गर्ने योजना भने सरकारले वनाएको छैन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल