राजपाको आरोपः धनुषामा सरिता चौधरीको लुगा च्यातियो

आन्दोलनका पक्षमा रहन मानवअधिकारकर्मीहरुलाई आग्रह

राजपाको आरोपः धनुषामा सरिता चौधरीको लुगा च्यातियो

काठमाडौ जेठ १६–राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले शान्तिपूर्ण रुपमा निर्वाचन कार्यालयमा तालाबन्दी र घेराउ घेर्न गएका आन्दोलनकारीमाथि प्रहरीले दमन गरी घाइते बनाएको दावी गरेका छन् ।

अध्यक्ष ठाकुरले मंगलबार विज्ञप्ति जारी गरी संविधान संशोधन र जनसंख्याको आधारमा स्थानीय तहको निर्धारण समेतका माग राखी निर्वाचन कार्यालयहरुमा तालाबन्दी र घेराउको क्रममा राजपा नेपालको नेतृत्वमा शान्तिपूर्ण विरोध कार्यक्रम गरिरहेकाहरुमाथि सरकारले आपत्तिजनक रुपमा दमन गरेको दावी गरेका छन् ।

महोत्तरी, धनुषा, रौतहटका विभिन्न स्थानहरुमा लाठीचार्ज गरी निर्ममतापूर्वक आन्दोलनकारीहरुको कुटपिट गरिएको दावी गर्दै धनुषामा सरिता चौधरीको लुगा च्यात्ने र गाली गलौज गर्दै असभ्य व्यवहार गरिएको दावी समेत विज्ञप्तिमा गरिएको छ । सप्तरीमा शान्तिपूर्ण विरोध कार्यक्रमहरुमा प्रहरीले हस्तक्षेप गरी राजेशकुमार लगायत दर्जनौंलाई घाइते बनाएको र एकसय ५० भन्दा बढी आन्दोलनकारीलाई गिरफ्तार गरेको दावी गरेको छ ।

शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जनताको पक्षमा रहन राष्ट्रिय/अन्तराष्ट्रिय सम्पूर्ण मानवअधिकारकर्मीहरुलाई राजपा नेपालले आग्रह गरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल