चुनावको मौकामा चोरी बढ्यो, दर्जनौ ठाउँमा चोरी गरेका पाँच चोर समातिए

चुनावको मौकामा चोरी बढ्यो, दर्जनौ ठाउँमा चोरी गरेका पाँच चोर समातिए

काठमाडौं, जेठ १६– चुनाव लगतै काठमाण्डौ उपत्यकाका बिभिन्न स्थानहरुमा चोरीका घटनाहरु बढेका छन् । दिउँसोको समयमा मानिस घरमा नभएको मौका पारी ढोका फोडेर कोठामा भएको नगद, सुन चाँदीका गरगहना साथै ल्याप टप, टीभी लगायतका बिभिन्न धनमाल चोरी हुने कार्यमा वृद्धि भएको प्रहरीले जनाएको छ ।

चोरीका घटनाबढेपछि प्रहरी अपराध महाशाखा तथा प्रहरी बृत्त गौशालाबाट खटिइएको संयुक्त प्रहरी टोलीले विभिन्न ठाउँबाट चोरहरु पक्राउ गरेको छ । मंगलबार काठमाडौंको लाजिम्पाटबाट चोरी कार्यमा सम्लग्न रहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन सुकुम्बासी बस्तीका २२ वर्षीय रोनित तिमिल्सिना, मकवानपुरको हेटौडा उपमहानगरपालिका २ घर भएका २२ वर्षीय निरोज विक, काभ्रेको बनेपा ६ घर भएका २२ वर्षीय विजय तामाङ, भक्तपुर सूर्य विनायकका १८ वर्षीय सुजन कार्की र सुनसरीको धरान घर भएका १८ वर्षीय सुजन तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले चोरी गरि लगेको एलइडी टीभी २ थान, सुनको टप १ जोर, गालेको सुन १ टुक्रा र स्वरुप परिवर्तन गरिएका चाँदीका मसिना गेडा बरामद गरिएको महानगरीय प्रहरीले जनाएका छ । पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी बृत्त गौशाला पठाइएको छ ।

उनीहरुले चावहिलस्थित गोपी श्रेष्ठको घरमा डेरा लिई बस्ने टेकबहादुर कटवालको डेराका साथै बालाजु, सितापाइला, बानेश्वर, ठिमी भक्तपुर, ग्वार्को, एकान्तकुना ललितपुर लगायतका एरियामा चोरी गरेको पनि खुल्न आएको प्रहरीले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल